प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो ।
काठमाडौं, कात्तिक ३ गते । फिल्म ‘नाई नभन्नु ल ६’को छायाङ्कन सुरु भएको छ । छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचिएको हो ।सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा अथर्व यो डेव्यु फिल्म हो । फिल्ममा आँचल शर्माको प्रमुख भूमिका छ । विकास आचार्यको निर्देशनमा निमार्ण हुने फिल्म पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु हुनेछ । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्ने भएको छ ।
वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।
महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले चिकित्सकको सुपरीवेक्षणमा उच्च रक्तचापको जाँच निदान र उपचार गर्न सक्ने अध्ययनले देखाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । पोखरामा बिहीबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ आर्मीले लुम्बिनी प्रदेशलाई ४१–२० र महिलातर्फ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३०–२३ अंकले हराउँदै दोहोरो स्वर्ण चुमेको हो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको स्वर्ण एपीएफ क्लबले जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधिसभा सदस्य रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीमा पदक विजेताद्वय एस्ली सापकोटा डङ्गोल र आशिष सापकोटा डंगोललाई बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयमा सम्मान गरिएको छ ।
वनमा जडीबुटी खन्ने क्रममा दुुई जनाको मृत्युु भएको छ । सिमकोट गाउँपालिका –१ को चुँवा खोला क्षेत्रमा जडिबुटी सङ्कलन गर्नेक्रममा उहाँहरुको मृत्यु भएको हो ।
चित्र मिजार सिन्धुपाल्चोक, कातिक ३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा गठबन्धन, नेकपा (एमाले)लगायतका दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा उम्मेदवार छन्। नेकपा एमालेबाट सरेश नेपाल, कृष्णबहादुर ठकुरी नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ग्याल्जेन शेर्पा, जनता समाजवादी पार्टी नेपालबाट डिबीसिंह लामा, मङ्गोल नेशनल अगर्नाइजेशन पार्टीबाट दाबा लामा प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ। त्यस्तै दिनेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी, नारायण पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी, विष्णुप्रसाद पौडेल स्वतन्त्र, मुकुन्द श्रेष्ठ स्वतन्त्र, रामकुमार जिसी स्वतन्त्र, वीरबहादुर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सोमनोर्बु शेर्पा आमूल परिवर्तन पार्टी र नेपाल मजदुर किसान पार्टीबाट हरिलक्ष्मी दनेखु प्रतिनिधि सभा-१ को उम्मेदवार हुनुहुन्छ। १४ जना उम्मेदवार बने पनि मुख्य प्रतिस्पर्धा गठबन्धनका सापकोटा र एमालेका नेपालबीच हुने देखिन्छ।सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–१ गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार माधव सापकोटा (बीचमा), प्रदेश सभा सदस्य उम्मेदवार मसिना खड्का भण्डारी र सरल सहयात्री पौडेल । गठबन्धन र एमाले प्रतिस्पर्धामा प्रतिनिधि सभा–१ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), समाजवादी, लोसपा र जनमोर्चा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा र नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालबीच प्रतिस्पर्धा हुने देखिन्छ।४१ वर्षीय गठबन्धनका उम्मेदवार माधव सापकोटा जनप्रतिनिधि र प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुनुहुन्छ। जनप्रतिनिधि भएर जनताको काम गरेको उहाँसँग अहिलेसम्म कुनै अनुभव छैन। सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भतिजा हुनुहुन्छ। सिन्धुपाल्चोक एमालेबाट प्रतिनिधि सभा उम्मेदवार सरेश नेपाल (बीचमा), प्रदेश सभा उम्मेदवार युद्धविक्रम लामा डिबी, होमनारायण श्रेष्ठ । एमालेका पुराना र केन्द्रीय सदस्यसमेत रहनुभएका सरेश नेपाल २०७४ सालमा भारी मतले बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ अहिले सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ बाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ। प्रदेशसभामा कडा प्रतिस्पर्धानिर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा गठबन्धनबाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी र एमालेका युद्धविक्रम लामा (डिबी) मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। स्थानीय चुनावमा उक्त प्रदेश सभामा कांग्रेसले १४ हजार ७५५, नेकपा(माओवादी केन्द्र) ले चार हजार ७८९ र समाजवादीको ८९१ मत ल्याएका छन्। एमालेको १० हजार ३६६ र राप्रपाको ७८९ मत रहेको छ। यस्तै प्रतिनिधि सभा-१ को ‘ख’ प्रदेश सभामा गठबन्धनका उम्मेदवार सरल सहयात्री पौडेल र एमालेका होमनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। स्थानीय तह निर्वाचनमा कांगे्रसले २० हजार २०६, नेकपा (माओवादी केन्द्र) १४ हजार ५५४, समाजवादीले १५ सय मत ल्याएका छन्। यो क्षेत्रमा एमालेले १६ हजार १९३ र राप्रपाले ४२२ मत ल्याएका छन्।
मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बस्ने बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताउनुभएको छ । गृहमन्त्री खाणले नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाइहरू नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताउनुभयो ।
बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बैतडीको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदैगरेको सु.प.प्र ०१ ज १३९७ नम्बरको जिप बिहीबार बिहान ११ बजे लेट्ठेकोट भन्ने स्थानमा दुर्घटना परेको हो ।
प्रमुख खेल मेलामा एथलेटिक्स स्वर्ण पदक कुम्ल्याउने खेलको रुपमा लिइन्छ । नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण, १३ रजत र १३ कांश्यसहित कूल ४५ पदक जितेर ट्रयाक एन्ड फिल्डमा आफ्नो वर्चश्व कायम गर्यो ।
निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधारले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्ग पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।