• २३ वैशाख २०८१, आइतबार

एनआरएनएका पदक विजेता खेलाडी सम्मानित

blog

सम्मानित भएपछि खेलाडी । तस्बिर : एनआरएनए

काठमाडौं, कात्तिक ३ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीमा पदक विजेताद्वय एस्ली सापकोटा डङ्गोल र आशिष सापकोटा डङ्गोललाई बिहीबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिवालयमा सम्मान गरिएको छ । 

खेलाडीलाई  प्रमाणपत्र तथा फूलगुच्छा मार्फत सङ्घका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले सम्मान गर्नुभयो । कार्यक्रममा खेलाडीका प्रशिक्षक र अभिभावकलाई पनि सम्मान गरिएको थियो । 

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको पौडीमा एस्लीले ६ र आशिषले तीन स्वर्ण जित्नुभएको थियो । सम्मान कार्यक्रममा विजेताद्वयले सङ्घको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा खुशी व्यक्त गर्दै सङ्घप्रति धन्यवाद दिनुभएको थियो । 

सम्मान कार्यक्रममा अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवाहरुलाई खोजेर प्रतियोगतामा सहभागी गराउने बताउनुभयो । उहाँले नेपालको खेलकुद प्रवर्द्धनमा सहयोग गर्ने र एनआरएनएका राम्रा खेलाडीलाई आउने ओलिम्पिकमा पनि नेपालको तर्फबाट सहभागिता जनाउनका लागि शुभकामना दिनुभयो ।