नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गर्नुभएको छ।
झापाको कनकाई नगरपालिका ३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन ।
काठमाडौं, असार २४ गते। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगर प्रमुख महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। उहाँ अहिले घरमै स्वास्थ्य लाभ गरिरहनुभएको प्रवक्ता महर्जनले जानकारी दिनुभएको छ। महर्जनको स्वास्थ्य अवस्था सामान्य छ। ललितपुर महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना सुरु भएको छ । अहिलेसम्म ४०० मत गणना हुँदा नेकपा (एमाले) बाट मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १८९ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार रङ्गबहादुर खातीले १८५ मत ल्याएर पछ्याइरहनुभएको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले जानकारी दिनुभयो ।
नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै आफ्नो उत्पादन भारत निर्यात गरेको हो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुहुँदै जनताप्रति गम्भीर भएर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । छवि कार्कीको १२ औँ स्मृति सभालाई शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बताउनुभएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगञ्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको हो ।
प्रतिनिधिसभामा नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । संसदमा चार वर्षदखि अड्किएको नागरिकता विधेयक शुक्रबारको प्रतिनिधिसभा बैठकले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
सामुदायिक वनका अध्यक्ष सर्वजित मडैले २२ लाख रुपियाँ हिनामिना गरेको आरोप लगाउँदै नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका छन्।
शुक्रबार परीक्षण गरिएकामध्ये ४.५४ प्रतिशतमा कोरोना पुष्टि भएको छ । बिहीबार परीक्षण गरिएकामध्ये २.२१ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । जुन हिजोको तुलनमा २.३३ प्रतिशतले बढी हो ।
विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मु्द्दा दायर भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै तीनजनामा हैजा पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २६ पुगेको हो ।
नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागको एक सर्वेक्षणले देखाएको छ । तथ्याङ्क विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो ।