काठमाडौं, कात्तिक २ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि प्रोग्रेसिभ सप्रान्युक्लियर पाल्सी नामक रोगबाट पीडित दाहाल नियमित स्वास्थ्य परीक्षणका लागि मेडिसिट अस्पताल पुग्नुभएको थियाे । “उहाँको स्वास्थ्य जाँच नियमित रुपमा भइरहेको छ । यसै क्रममा आज बिहान अस्पताल पुग्नुभएको हो । चिकित्सकको सुझाव अनुसार उहाँ अस्पताल भर्ना हुनुभएको ”, दाहालको सचिवालयले बताएको छ ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा २९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२.८१ अङ्क घटेर १८४५.५१ बिन्दुमा झरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुग्नु भएको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्वाचन सामान्य निर्वाचनमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो ।
काठमाडौं, कात्तिक २ गते । बलिउड अभिनेता वरुण धवन अभिनीत फिल्म 'भेडिया'को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया (ब्वाँसो) बनेको देखाइएको छ । हरर कमेडी फिल्ममा वरुण र कृतिसँगै दीपक दोब्रियाल, अभिषेक बर्नेजी, पलिन कबकलगायत कलाकारको अभिनय छ । अमर कौशिकले निर्देशनमा बनेको फिल्मलाई दिनेश विजनले निर्माण गर्नुभएको हो । हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा बनेको फिल्म मङ्सिर ९ गतेदेखि प्रदर्शन हुने भएको छ ।
रुपन्देही–२ सत्ता गठनबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष रिजाल निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवम् सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन्
नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिलाई सही ढंगले अघि बढाउन र नेपालजस्तो सानो देशलाई स्वतन्त्र, स्वाधिन र सार्वभौम राख्न नेपालका राजनीतिक दलहरुले साझा एजेण्डा बनाएर जानु पर्ने बताउनुभएको छ ।
दार्चुला, कात्तिक २ गते । दार्चुलामा कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएको छ। अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा मंगलबार र बुधबार हिमपात भएको छ। गत साता व्यास र अपिहिमालमा पहिलो पटक हिमपात भएको थियो।मंगलबार मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको स्थानीय पार्वती रोकायले जानकारी दिनुभयो। मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २ र ६ को उच्च भेगहरूमा हिमपात भएको उहाँले बताउनुभयो। गाउँपालिकाको घुसा, क्षेत्री, सिति र खात्ती लगायतका स्थानको माथिल्लो भेगमा हिमपात भएको स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको छाङरु र तिङ्करमा पनि हिमपात भएको छ। व्यासको वडा नम्बर १ मा पर्ने छाङरु र तिङ्करमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिनुभयो।हिमपात भएपछि सदरमुकाम खलङ्गासहित जिल्लाभरी चिसो बढेको छ। यो वर्ष कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएपछि चिसो ह्वात्तै बढेको व्यास गाउँपालिका-१ का स्थानीय योगेश बोहराले बताउनुभयो। चिसो बढेसँगै व्यासवासी बेँसी झर्ने तयारी गर्न थालेका छन्। मौसममा सुधार भए मङ्सिर पहिलो साता तथा चिसो बढ्दै गएमा कात्तिकको अन्तिमसम्ममा व्यासको वडा नम्बर १ का सबै स्थानीय सदरमुकाम खलङ्गा बसाइसराई अर्थात् कुञ्चा सर्ने तयारीमा रहेको उहाँले बताउनुभयो। छाङरु र तिङ्करका स्थानीय गर्मीको समयमा छ महिना मात्रै गाउँमा बस्ने गरेका छन्। बाँकी छ महिना हिमपातको समयमा लालाबाला र बस्तुभाउसहित बेँसी झर्ने गरेका छन्। अधिकांश व्यासवासीको दार्चुला सदरमुकाम खलङ्गा र छाङरु, तिङ्करमा दोहोरो बसोबास रहेको छ।