अरिङ्गालले चिलेर तनहुँमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । व्यास नगरपालिका –११ रानीगाउँ निवासी ६७ वर्षिय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी वरिष्ठ नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो ।
तस्बिर : केशब गुरुङ काठमाडौं, कात्तिक २ गते। बुधबार र बिहीबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बुधबार र बिहीबार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ।छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ। सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ।सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।
आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गरी निर्वाचन आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
रुपन्देही–२ सत्ता गठनबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीशद्वाय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा साझा उम्मेदवार गुरुङको रिटमा सुनुवाइ हुन लागेको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।
तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा पटाका आतङ्क सुरु भएको छ । मुख्यतः दशैं सकिएलगत्तै मधेश प्रदेशका सबै जिल्लामा पटाका आतङ्कको समस्या सुरु भएको हो । यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र खोजी कार्य तीव्र पारेपछि भारी मात्रामा पटाका बरामद भएको जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभतर्फ भएको पहिलो खेलमा विभागिय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका धेरैले अझै उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकालाई सम्बन्धित दलले उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले बागी उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्तारूढ गठबन्धनका दलले विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही नहुने भन्दै फकाउँदै पनि आएका छन् ।
सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न टेलिफोनको प्रयोग गर्दै आएकामा अबदेखि सामाजिक सञ्जाल, इमेल, एसएमएसमार्फत पनि आफ्ना गुनासा टिपाउन सक्ने भएका छन् । सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न ‘हेलो सीएम’ सञ्चालनमा ल्याएको थियो । नागरिकले आफ्नो गुनासा टिपाउन अब चिठीपत्र, एसएमएस, अनलाइन वेबसाइड, फेसबुक, ट्विटरमार्फत समेत सक्नेछन् ।