• २२ वैशाख २०८१, शनिबार

पुरुष बास्केटबल : एपिएफ फाइनलमा प्रवेश

blog

पोखरा, कात्तिक २ गते । पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभतर्फ भएको पहिलो खेलमा विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।  

एपीएफले  बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अब एपिएफले फाइनल खेल समूह बि तर्फको विजेतासँग भिड्ने छ । दोस्रो सेमिफाइनल खेल गण्डकी प्रदेश र आर्मीबीच केही बेरमा सुरु हुँदै छ । 

यसअघि आज नै सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले बागमतीलाई २१–१६ अङ्कले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । दोस्रो खेलमा घरेलु टोली गण्डकीले आर्मीलाई २०-१७ स्कोरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।