अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पहिलो पटक इन्टरनेटको पहुँच पुगेको छ । भारतसँग सीमा जोडिएको झुलाघाटमा इन्टरनेटको पहुँच पुगेपछि झुलाघाट भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरी बल नेपाल, झुलाघाट स्वास्थ्य चौकी र स्थानीय व्यापारीलाई सहज भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध भएका ग्रामीण सडक सुचारु गर्न स्थानीय गाउँपालिका लागि परेका छन् । पालिकादेखि गाउँ गाउँबस्तीमा सम्म सञ्चालनमा आएका ग्रामिण सडक असोज १९ देखि २६ गतेसम्म आएको अविरल वर्षाले अवरुद्ध हुँदै आएका थिए ।
कैलालीको मोहना नदी बगरमा हजारौँको सङ्ख्यामा पानीगौँथली चरा देखापरेका छन् । नदी बगरमा पहिल्यैदेखि बसोबास गर्दै आएको पानीगौँथली कैलारी गाउँपालिका–३ र ४ को क्षेत्रमा देखिएका हुन् । ठूलो सङ्ख्यामा रहेका ती चरा तीनवटा झुन्डमा देखापरेको हसुलियाका वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनका लागि यतिखेर चुनावी सरगर्मी बढ्न थालेको छ। केही पुरानै र केही नयाँ अनुहार मत माग्दै मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सिस्ने गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ। गाउँपालिकाभित्रका ३९ सामुदायिक विद्यालयमध्ये ३२ विद्यालयका प्रधानाध्यापकले सम्झौतामा हस्ताक्षर गरेका छन्।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाल्पा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ मा पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ। करिब दुई दशक नेकपा एमालेमा रहेर सँगै काम गर्नुभएका पूर्वमन्त्री सोमप्रसाद पाण्डेय र एमालेका नेता ठाकुर गैरेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन मतदाताले गरेका छन्।
कर्णाली प्रदेश सरकारले गत असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्यु भएको परिवारलाई जनही २५ हजार रुपियाँ क्रियाखर्च स्वरुप सहयोग गर्नेभएको छ ।
सामान्यतया खेतीबाली पाकेपछि कृषकले आफ्नो फुर्सद र मौसम अनुकूलमा भित्र्याउने गर्छन्। बागलुङको बलेवा क्षेत्रमा भने विशेष दिन तोकेर अन्नबाली भित्र्याउने र नयाँ फल खाने परम्परा छ। नयाँ धानबाली भित्र्याउन पुली लिने र चामल चाख्न न्वागी नखाई प्रयोग गरिँदैन। यो करिब दुई सय वर्ष पुरानो चलन रहेको बताइन्छ। बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने विशेष दिन तोकिएको छ। यसलाई स्थानीय भाषामा पुली
दाङमा अर्जुन खोला सिँचाइ आयोजनाको मुख्य कुलो पहिरोले पुरिँदा किसान समस्यामा परेका छन्। अविरल वर्षाका कारण पहिरो जाँदा सिँचाइ कुलो पुरिएको हो। कुलो पुरिएपछि साढे चार सय हेक्टर क्षेत्रमा खेती गर्दै आएका किसानलाई सिँचाइमा समस्या पर्ने देखिएको छ। केही दिनको अविरल वर्षाका कारण पहिरोले अर्जुन खोला सिँचाइको मुख्य कुलो पुरिएको छ।
नेत्रहीन युवा सङ्घ नेपाल रुपन्देहीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अपाङ्गता भएकाहरूको मत बदर हुन नदिन नमुना मतदान गरेको छ। बुटवलको दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको उक्त नमुना मतदानमा विभिन्न प्रकृतिका अपाङ्गता भएकाहरूको सहभागिता थियो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा उक्त ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।
कर्णाली राजमार्गको वीरेन्द्रनगर सुर्खेतदेखि कालीकोटको पिलीसम्म सडक सञ्चालन आएको छ । कर्णाली राजमार्गको दैलेख खण्डअन्तर्गतको पहिरो हटाएपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारबीच मतदातामाझ विकासका प्रतिबद्धता बाँड्ने होडबाजी सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारले यस पटक ठोस चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् । तर, उम्मेदवारले सञ्चारमाध्यम र मतदातासँगको भेटघाटमा आफ्ना निर्वाचनलक्षित योजना सुनाउन थालेका छन् । निर्वाचनमा होमिएसँगै प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले यसपालि पनि पूर्वाधार विकासका पुरानै एजेन्डालाई प्राथमितामा राखेको देखिन्छ । सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हुने भए पनि उम्मेदवारले जनतासँग भौतिक पूर्वाधार विकासका क्षेत्रमा आफ्ना प्रतिबद्धता केन्द्रित गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा दलितको उम्मेदवारी शून्य छ भने महिलाको उम्मेदवारी न्यून छ। एक प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सात जनाको उम्मेदवारी दर्ता हुँदा न महिलाको उम्मेदवारी प¥यो न त दलितको। त्यस्तै प्रदेश सभाका दुई जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको उम्मेदवारी प¥यो भने दलित उम्मेदवार भएनन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ को नरसिंह स्वास्थ्य चौकीमा पाँच वर्षअघि निर्माण गरिएको प्रसूति गृह बल्ल सञ्चालन भएको छ। निर्माण सम्पन्न भए पनि सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेको गुनासोलाई ध्यानमा राखेर उद्घाटन गरिएको हो। नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृह सञ्चालन भएपछि गर्भवती महिलालाई गाउँमै सहज प्रसूति गराउन पाउने भएको स्थानीय मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो।