• ११ असोज २०८१, शुक्रबार

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा उक्त ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ट्रयाक्टरका चालक मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, सोही गाउँपालिका वडा नं. ४ साँघुका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लासी छन् ।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुको तेल्लाबुङदेखि फाकुम्बातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको बुझिएको प्रनाउ राईले जानकारी दिनुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनास्थलतर्फ प्रहरी टोली गएको उहाँले बताउनुभयो । ट्रयाक्टर दुर्घटना मङ्गलबार राति करिब १२ः३० बजेतिर भएको बताइएको छ ।