• १९ असोज २०८१, शनिबार

कुलो पुरिएपछि सिँचाइ समस्या

blog

दिवाकर पोख्रेल

देउखुरी, कात्तिक २ गते । दाङमा अर्जुन खोला सिँचाइ आयोजनाको मुख्य कुलो पहिरोले पुरिँदा किसान समस्यामा परेका छन्। अविरल वर्षाका कारण पहिरो जाँदा सिँचाइ कुलो पुरिएको हो।

कुलो पुरिएपछि साढे चार सय हेक्टर क्षेत्रमा खेती गर्दै आएका किसानलाई सिँचाइमा समस्या पर्ने देखिएको छ। केही दिनको अविरल वर्षाका कारण पहिरोले अर्जुन खोला सिँचाइको मुख्य कुलो पुरिएको छ। करिब १५० मिटर लामो पहिरो झरेकाले कुलोमा पानी सञ्चालन हुन नसक्ने अवस्था छ। अर्जुन खोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भेजेन्द्र चौधरीले पहिरो हटाउन ठूलो लगानी चाहिने भएपछि समस्या परेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “हाम्रो यो सबैभन्दा पुरानो आयोजना हो। गहुँ, तोरी लगाउने समय नजिकिँदै गएकाले सिँचाइ समस्या हुने देखियो। पहिरोले कुलो नराम्रोसँग पुरिएकाले मान्छेले पहिरो सफा गर्न सक्ने अवस्था छैन।”