काठमाडौं, असार २४ गते। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल भएको बताउनुभयो। बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केन्द्रीय परिषद् बैठकले निर्णय गरे बमोजिम १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन विस्तार गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापी रुपमा विस्तार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘सचिवालयको बैठक सम्पन्न भयो। पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा नै प्रादेशिक निर्वाचन क्षेत्रमा व्यापक रुपले पार्टी संगठन विस्तार गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने, पार्टी संगठनलाई राष्ट्र व्यापीरुपमा विस्तार गर्ने निर्णय गरियो।’’सम्मानित नेता खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीले अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो।
प्रतिनिधिसभा बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।
खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन पालिकाका अधिकृत निलम्बित भएका छन् । आर्थिक वर्षको अन्त्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरिएको हो ।
सप्तरीका चार पालिकाले नगरसभा गर्न सकेका छैनन्। १८ वटा स्थानीय तहमध्ये १२ वटाले असार १० गते नै नगरसभा सम्पन्न गरिसके भने दुई पालिकाले भर्खरै सभा सम्पन्न गरेका छन्। चार पालिकाले भने अझै सभा गर्न नसकेका हुन्।
शुक्रबार नेप्से परिसूचक ३४.७१ अङ्कले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.६१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अङकले घटेको छ ।
काठमाडौं, असार २४ गते । नारायण रायमाझीले निर्देशन गर्नुभएको फिल्म 'परदेशी-२' को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार 'रीमा इन्टरटेन्मेन्ट' काे युट्युवमार्फत टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको कथा र गीतकार रमेश बिजीले लेख्नुभएको हो । फिल्ममा नीर शाह, सुशील पोखरेल, सबिन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ ।सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको यस फिल्मलाई मानकृष्ण महर्जनले छायाङ्कन गर्नुभएको हो । फिल्ममा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ । असोज १४ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ । साढे २ मिनेट ४९ सेकेण्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटी लगायत देख्न सकिन्छ ।
गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।
सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद फैसला गरेको छ ।
काठमाडौं, असार २४ गते । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको 'याक एण्ड यति होटल'मा उहाँहरुको विवाह सम्पन्न भएकाे हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेको बताइएको छ । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
गल्याङ नगरपालिका–७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुलको निर्माण भएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न भएको स्थानीय सदस्य निर्वाचनको मतगणना गर्नका शुक्रबार बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपछि मतगणना कार्य सुरु भएको हो ।
कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् ।