नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
थारु समुदायलाई मधेसी सूचीमा राखेको भन्दै थारु आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेसी आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा थारुलाई मधेसीमा सूचीकरण गरेको थारु आयोगको भनाइ छ ।
रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको असर एव् व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
दक्षिण एसियाली घरेलु श्रमिकले अर्थतन्त्रमा आफ्नो मेहनतले गरेको योगदानको कदर हुनुपर्ने बताउनुभएको छ । राज्यले घरेलु श्रमिकले जोगाएको परम्परागत सीप, कलाको पहिचान गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुदको समापन समारोह पोखरा रंगशालामा सुरु भएको छ।
नेकपा (मसाल) को एक समुहले विशेष महाधिवेसन आयोजना गरी नयाँ पार्टी मोटो मशाल (नेकपा मशाल) घोषणा गरेको छ । सो पार्टी औपचारिक रुपमा विभाजित भएको हो ।
नेकपा (एमाले) हुम्लाले आगामी मंसीर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडादेखि जिल्ला तहसम्म प्रचार प्रसार कमिटी तथा उपकमिटी गठन गरेको छ । सो पार्टीको पाँचौ बिस्तारित बैठकले विभिन्न कमिटी तथा उपकमिटी गठन गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना हुनुभएको छ ।
ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिनुभएको हो ।
हिमालपारीको जिल्ला मुस्ताङमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अनुभवी नेतृत्वविरुद्ध युवा उम्मेदवार प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली कांग्रेसका ४० वर्ष मुनिका युवा उम्मेदवार नेकपा (एमाले) बाट ५० वर्ष माथिका अनुभवी र पाका राजनीतिकर्मी चुनावी मैदानमा होमिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतले शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियोगिताको अन्तिम स्पर्धा पुरुष फुटबल खेल अहिले पोखरा रंगशालामा जारी छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरकेको छ ।
बझाङमा सोमबार भएको जिप दुर्घटनाबाट दुई गाउँका ८ जनाको मृत्यु हुँदा मष्टा गाउँपालिका शोकमा डुबेको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।