• ७ जेठ २०८१, सोमबार

राष्ट्रपति भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतको बिदाइ भेट

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतले शिष्टाचार बिदाइ भेट गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, कात्तिक ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भण्डारीसँग नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत सइद हैदर शाह र संयुक्त अरब इमिरेट्सका राजदूत सईद हम्दान अल–नक्वीले बिदाइ भेट गर्नुभएको प्रवक्ता सागर आर्चायले जानकारी दिनुभयो ।