• १९ असोज २०८१, शनिबार

स्वास्थ्य राज्यमन्त्री केसी आइसियुमा भर्ना

blog

काठमाडौं, कात्तिक ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री  हीराचन्द्र केसी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना हुनुभएको छ । 

डेंगु पुष्टि हुनुभएका राज्यमन्त्री केसीको प्लेटलेट घट्नुका साथै रगतमा सुगर देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बुधबार केसीलाई वीर अस्पताल पठाएको थियो । 

राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माका अनुसार हिजोको तुलनामा उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिनुभयो । 

शुक्रबार राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा मङ्गलबार डेंगु पुष्टि भएको थियो ।