• १३ असार २०८१, बिहिबार

प्रतिवेदनप्रति थारु आयोगको आपत्ति

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ३ गते । थारु समुदायलाई मधेसी सूचीमा राखेको भन्दै थारु आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेसी आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा थारुलाई मधेसीमा सूचीकरण गरेको थारु आयोगको भनाइ छ ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै थारु पहिचानमाथि नै चुनौती ल्याउनेगरी तयार गरिएको सो प्रतिवेदनप्रति आफ्नो पूर्णतः असहमति रहेको जनाउनुभएको छ । अध्यक्ष चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिज्यूसमक्ष प्रस्तुत गरिएको उक्त प्रतिवेदनमा मधेसी समुदायको थर सूचीकरण अध्ययनमा थारु समुदायलाई मधेसी समुदायमा समावेश गरिएकोप्रति थारु आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”

नेपालको संविधानले थारु क्लष्टर स्वीकार गरिसकेको र तदनुरूप कानुन निर्माण हुँदै कार्यान्वयनको क्रम अगाडि बढिरहेको अवस्थामा मधेसी आयोगले सो प्रकारको प्रतिवेदन तयार गर्नु गलत रहेको थारु आयोगको भनाइ छ ।