• ५ जेठ २०८१, शनिबार

नियमित संस्करण बजारमा

blog

काठमाडौँ, कात्तिक ३ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को नियमित संस्करण बजारमा आएको छ । 

डा. कोइरालाले आफ्नो पुस्तक ‘हृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या उजागर गरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रका समस्या र समाधानका विषय मात्र होइन, आफूले देखेभोगेका विषयलाई पनि पुस्तकमा समेटेको उहाँले बताउनुभयो । 

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तक केही समयपछि विद्यार्थीका लागि आउँदै छ । उक्त पुस्तकको मूल्य अझै सस्तो हुने डा. कोइरालाले जानकारी दिनुभयो । 

हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै छ सय प्रति बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ । पुस्तक बिक्री हुने क्रम जारी छ । दुई हजार पाँच सय प्रति मात्र मुद्रण भएको ‘हृदय’को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडाैँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ निर्माण परियोजनामा खर्च गरिने जानकारी पनि उहाँले दिनुभयो ।