• १३ साउन २०८१, आइतबार

बैतडीमा जिप दुर्घटना, पाँच जना घाइते

blog

गोकर्ण दयाल

बैतडी, कात्तिक ३ गते । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  बैतडीको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदैगरेको सु.प.प्र ०१ ज १३९७ नम्बरको जिप बिहीबार बिहान ११ बजे लेट्ठेकोट भन्ने स्थानमा दुर्घटना परेको हो । 

सडकबाट जिप ८० मिटर तल खसेको छ । पाँच जना घाइते भएका छन् । घाइते हुनेमा डिलाशैनी गाउँपालिका –७, का २२ वर्षीय महेशराज जोशी (चालक), सोही ठाउँका वर्ष ७० को नारायणदत्त जोशी, वर्ष ५४ का हर्कबहादुर बोहरा, कन्चनपुर जिल्ला कृष्णपुर नगपालिका –४, बाणी बस्ने वर्ष ३५ कि अम्बिका जोशी, वर्ष ३८ को मदनराज जोशी, बालक कपिलराज जोशी छन् । 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सबै जना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।