• १४ वैशाख २०८१, शुक्रबार

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

blog

कबड्डीमा स्वर्ण विजेता आर्मी टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक ३ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ ।

पोखरामा बिहीबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ आर्मीले लुम्बिनी प्रदेशलाई ४१–२० र महिलातर्फ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३०–२३ अङ्कले हराउँदै दोहोरो स्वर्ण चुमेको हो । 


पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ पराजित पुलिसले रजत जितेको छ । प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबले कांस्यमा चित्त बुझायो । 

प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापामगर र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी अनुजा कुलिङ्ग राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवै जनाले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । कबड्डीमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको थियो ।