स्थानीय तहको निर्वाचनका बेलामा जनतासँग भोट माग्दा आफू निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रित हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको पाइएको छ । जिल्लाको तामाकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीको मर्मत खर्च बढ्दै गएको पाइएको हो । गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी चढ्ने गाडी मर्मतमा चार लाख पाँच हजार र उपाध्यक्ष सिर्जना सुवेदी चढ्ने गाडी मर्मतमा तीन लाख रुपियाँ खर्च भएको तामाकोसी गाउँपालिकाका सूचना अधिकारी पवनराज फुँयालले बताउनुभयो ।
दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म पक्की पर्खाल (तटबन्ध) लगाउने कार्य रोकिएको छ । पूर्वी चितवनको लोथरदेखि सौराहासम्म राप्ती नदीको कटान र डुबानले मानव बस्ती जोखिम रहँदै आएको थियो । यो समस्यालाई समाधान गर्न पक्की पर्खाल लगाउने गरी अगाडि बढेको बहुवर्षे योजनाको काम रोकिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहमध्ये डाँडापारि क्षेत्रका दुईवटा गाउँपालिका जोड्ने सडक व्यवस्थित र राम्रो नहुँदा दुई पालिकाका बासिन्दाले सधैँ सडकको दुःख झेल्न बाध्य हुँदै आएका छन् । महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका जोड्ने सडकमा बाह्रै महिना सवारी चल्ने अवस्था नहुँदा स्थानीयवासीले बर्खा र हिउँदमा नै सडकको दुःख बेहोर्न बाध्य भएका हुन् ।
भेरी नगरपालिकामा ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले नगरपालिकामै बालबालिका विद्यालयबाहिर हुनु, बालविवाहमा वृद्धि हुनु, अभिभावक र सरोकारवाला निकाय गैरजिम्मेवार हुनुको परिणाम भएको बताउनुभयो।
लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमा रोक्का रहेका जग्गालाई फुकुवाको तयारी गरिएको छ। आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा गम्भीर असर देखिन थालेपछि अहिले जग्गा फुकुवाको प्रक्रिया अघि बढाइएको छ। प्र्रदेश सरकार मातहतमा रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी निर्माणका लागि गुरुयोजना बनाइसकेकाले त्यसलाई आधार मानेर प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन गरेको छ। यही आयोजनाको परिधिभित्र रहेर जग्गाको कित्ताकाट र किनबेच खुलाउन उच्चस्तरीय निर्देशक समितिले सिफारिस अघि बढाएको छ। यो सिफारिस प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताबाट र किनबेचलाई खुलाउन सक्नेछ। उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्य पदमप्रसाद वैदिकले जग्गा फुकुवाका लागि
नेपालगञ्ज नाका मानव बेचबिखनको उच्च जोखिममा रहेकाले नेपाल र भारतबीच सो रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउनुपर्ने दुवै देशका सुरक्षा अधिकारीको ठहर छ। माइती नेपाल नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको क्रस बोर्डर (सीमा वारपार) कार्यशालामा सहभागी दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखन निकै बढेको जनाउँदै त्यसको रोकथाम र नियन्त्रण गर्न मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सुरक्षा अधिकारीको प्रतिबद्धतामा जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले पनि सहयोग गर्ने जनाए।
व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ। वालिङ नगरपालिकाको मुख्य बजारस्थित शीतलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो। स्मार्ट सिटीको अवधारणाबाट अगाडि बढिरहेको वालिङमा सवारीसाधन व्यवस्थित रूपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो।
तराई मधेशका जिल्लामा दुई दिनदेखि घाम लागेको छैन। निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्गिँरदो चिसो भइरहेको छ। अचानक कठ्याङ्ग्रिँदो चिसो हुँदा जनजीवन निकै कष्टकर बनेको छ। यहाँ बुधबारदेखि घाम लाग्न छाडेर थप चिसो बढेको हो। चिसोले मुसहर, डोम, चमारलगायत दलित र अति विपन्न परिवार बढी प्रभावित बनेका छन्। चिसो अत्यधिक हुँदा स्थानीय पालिका र अन्य सरोकारवाला निकायले प्रभावितलाई कुनै सहयोग गरेका छैनन्। न्यानो कपडा नभएकाहरू चिसोमा लगलग कामेर बसिरहेका देखिन्छ।
कोसी राजमार्गअन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भइरहेको छ। व्यापारिक मार्गका रूपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भइरहेको हो। छलेन परियोजना इटहरीका इन्जिनियर प्रियंका झाका अनुसार अहिले बरगाछीदेखि दक्षिण एसलाल पेट्र«ोल पम्पसम्म ठेकेदार कम्पनीले सडक मर्मतको काम गरिरहेको छ। ठेक्का सम्झौतामा उल्लेख भएको शर्तअनुसार हस्तान्तरणपछिको मर्मत गर्नुपर्ने म्यादको काम ठेकेदारले गरिरहेको हो।
नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट हलमा प्रदर्शन भएको छ। चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा देखिनुभएको छ।
वि.सं. २०१७ पुस १ को राष्ट्रघातले देशलाई ठूलो द्वन्द्व र सङ्घर्षतिर धकेल्यो । त्यसले देशलाई निर्दलीय निरङ्कुशताको कठोर स्थितिमा प्रवेश गरायो । अन्ततोगत्वा राष्ट्रवादी शक्ति या त बन्दी भएर जेलमा रह्यो या निर्वासित भएर विदेशमा बस्यो । त्यसबाट लाभान्वित भएर नेपालमा एउटा नयाँ वर्ग देखाप¥यो । त्यसले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि हरेक क्षेत्रमा शोषण ग¥यो । त्यसका हरेक क्रियाकलाप जन–विरोधी थिए, राष्ट्र विरोधी थिए । त्यो वर्गलाई जननायक बीपी कोइरालाले ‘भुइँफुट्टा वर्ग’ भन्नुभएको थियो । त्यो वर्गबाट लामो समयसम्म राष्ट्रियताको मर्ममाथि प्रहार भइरह्यो । त्यसैबाट देश सङ्कटतिर उन्मुख हुँदै गयो भने राष्ट्रियता झनै कमजोर बन्दै गयो ।
गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्यूट पचाउन नसकी बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको बुधवार मृत्यु भएको हो ।
२०३३ पुस १६ गतेको काठमाडौँको राजनीतिक तापक्रम मौसमी चिसोलाई हपक्कै तताउन सफल थियो । प्रजातान्त्रिक राजनीतिक चेतना भएका उपत्यकावासी सबैमा आज त्रिभुवन विमानस्थलमा के हुन्छ ? त्यहाँ कसरी सहभागी हुने ? सहभागिताको प्रत्यक्ष सफलता मिल्ने हो वा होइन, ठूलै दुर्घटना हुने हो कि ? जस्ता जिज्ञासा र उत्सुकता थियो । उपत्यकावासीमा दुर्घटनाको आशङ्का भए पनि उत्सुकताले जितेको थियो । जस्तोसुकै खतरा मोलेर भए पनि त्रिभुवन विमानस्थलमा बीपीलाई हेर्ने र स्वागत गर्ने दृढ चाहना थियो । त्यस दिन बीपी भारत प्रवा
मुलुकका अधिकांश गाउँ यतिबेला सुनसानजस्तै छन् । गाउँका उर्वर पाखाबारी पनि बाँझै छन् । गाउँ र पाखाबारी मात्रै होइन गाउँमै जन्मेर पनि देशको महìवपूर्ण ओहोदामा पुग्नेका गाउँघर पनि सुनसान छन् । यहाँ प्रसङ्ग उठाउन खोजिएको बैतडीको हो । नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, इन्जिनियर, न्यायाधीश, राष्ट्रिय अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसङ्घ (न्युयोर्क) का पूर्वराजदूतलगायत दर्जनौँ राष्ट्रसेवक जन्माएको छ बैतडीले । उक्त जिल्लाको एउटा वडाको पूरै गाउँ अहिले सुनसान र खण्डहर बनेको छ ।
न्यून विद्यार्थी सङ्ख्याको समस्या देखाउँदै केही सामुदायिक विद्यालयलाई स्थानीय सरकारले सुधारको अपेक्षालाई उपेक्षा गर्दै सो सम्बन्धमा अध्ययनका लागि कार्यदल समेत बनाएर नजिकैको विद्यालयमा मर्ज गर्ने अभ्यास थालेको छ । वर्तमान अवस्थामा नयाँ सङ्घीय शिक्षा ऐन जारी हुन सकेको छैन । सो ऐन बन्ने क्रममा रहेकोले शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ हालसम्म विस्थापित भएको छैन । निजामती कर्मचारीहरू स्थानीय तहमा समायोजित भएको कानुन रहे पनि शिक्षकहरू स्थानीय तहमा समायोजित भएको कानुन बनेको छैन । विद्यालय समायोजन लागि पनि विद्यमान कानुन नै आकर्षित हुन्छ ।