कपिलवस्तु नगरपालिका –६ बेलासपुरदेखि थूम्हवा चौरहासम्म जोड्ने सडकको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडक निर्माणको जिम्मा सन्तोषी निर्माण सेवाले पाएको थियो ।
पोखरा रेन्जर्सले काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाईटेडलाई तीन विकेटले हरायो ।
मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनुभएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोबिन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनु भयो ।
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन हुुनुभएको छ । ज्येष्ठ सदस्य प्रकाशबहादुर रावलको अध्यक्षता तथा पार्र्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते आह्वान गर्नु भएको हो।
जिल्लाको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङस्थित बेशीमा कृषकको सुविधाका लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीय स्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषिउपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।
म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ।
ठमेल पर्यटन विकास परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यू इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ ।
विगत २० वर्षमा विश्वभर करिब एक हजार सात सय पत्रकार मारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वडा सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रीना नेपालले पालिकाको वडा १ र ४ लाई सुरक्षित खानेपानी वडा घोषणा गर्नुभयो ।
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टुँडिखेलमा पुग्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ । शुक्रबार नगर प्रमुख सुरत केसीसहितको टोलीले बेनी नगरपालिका ८ कालिपुल बसपार्कस्थित अव्यवस्थित संरचनालाई डोजर लगाएर खाली गराएको हो ।
बुटवल र आसपासका क्षेत्रमा चिसो बढेपछि यस क्षेत्रका स्थानीयमा रुघाखोकी, निमोनियाको बिरामी बढेको छ । ज्यालादारी, मजदुरी गरेर गुजारा गर्ने विपन्न समुदायका मानिस चिसोबाट बढी प्रभावित भएका छन् ।