वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले वैदेशिक रोजगारमा श्रम स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण गरेको छ । कार्यालयले श्रम स्वीकृति लिन चाहनेका लागि प्रत्येक दिन बिहान ११ बजेसम्म र अर्को दिन श्रम स्वीकृति लिनपर्नेका लागि प्रत्येक दिन दिउँसो ३ः३० बजेसम्म श्रम स्वीकृतिका लागि टोकन लिनुुपर्ने व्यवस्था गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी ममतामयी माता हीरा बा मोदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत भारतका प्रधानमन्त्री मोदीकी माता हीरा बाको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ। यस्तै यस दुःखद घडीमा भारतका प्रधानमन्त्री मोदी र उहाँका परिवारप्रति गहिरो समवेदनासमेत प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको छ।
थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको होटलमा बुधबार राति भएको आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेले ज्यान गुमाउनुभएको छ। आफू बसेको होटलको पहिलो तलाबाट नेपाली समयअनुसार राति ११:३० बजेबाट आगलागी सुरु भएको थियो। आगलागीपछि १२औँ तलामा रहनुभएका निराकारले राति १:०० बजे बिर्तामोडमा रहनुभएका बुबालाई भिडियो कल गर्नुभएको थियो। बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष समेत रहनुभएका अग्नि पाण्डेले छोरा विदेशमा यसरी अप्ठ्यारोमा परेको खबर भिडियो कलबाट सुनेपछि केही बोल्नै नसकेको बताउनुभयो। बुबासँगको कुराकानीपछि उहाँले साइँली बुहारी सङ्गीता पाण्डेलाई भिडियो कल गर्नुभएको थियो। “सायद म मर्छु होला। आगो घरभित्र पसिसक्यो हामफाल्न आँट आउन सकेको छैन। बुबाआमाको राम्रो हेरचाह गर्नू भन्दै हुनुहुन्थ्यो,” बुहारी सङ्गीताले बताउनुभयो।
प्रश्न/उत्तर मिश्रित यी हरफ डोटेलीका आइना हुन् । आइना यहाँको हाजिरी जवाफ प्रतियोगिताजस्तै हो । पुस १५ गते राति घर परिवार र छरछिमेकी एकै ठाउँमा जम्मा भई शरीरलाई न्यानो हुने मीठो मसिनो मौलिक परिकार खाएर आइना र बातै हाल्ने चलन छ । बातै भनेको कथा हो । आइनामा सवाल जवाफ हुन्छ भने बातै एक जनाले भन्ने र अरूले सुन्ने गर्छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। उहाँकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो।
नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्वीकार गरेर कांग्रेसले गल्ति गरेको बताउनुभएको छ ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा शुक्रबार माल्यार्पण गर्नुभएको छ।
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ सिंहखोरमा वन्यजन्तु मारेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् । शुक्रबार बाणगङ्गा नदीको बगरमा २५ किलो गाईको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ताप्लेजुङमा तमु ल्होसार अवसरमा आयोजित पुरुष हाफ तथा महिला म्याराथन (दौड) प्रतियाेगितामा पुरुषतर्फ दिवस लिम्बू र महिलातर्फ पेम्बाल्हामु शेर्पा प्रथम हुनुभएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासङ्घले नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलाई महासंघमा आवद्ध भएर समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको बताउनुभएको छ । व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमू ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भएको हो ।
अपाङ्गता भएका शिक्षकहरुले स्थायी शिक्षकको पदस्थापनामा आफूलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । विगतमा पदस्थापना गर्दा पहिलो प्राथमिकता अपाङ्गता भएका शिक्षक, महिला शिक्षक र त्यसपछि मात्र योग्यताक्रम सूचीलाई स्थान दिने गरिएको पनि यसमा गरिएको संशोधनले आफूलाई समस्या पारेका शिक्षकहरुले गुनासो गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाइ दिनुभएको छ ।