ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका-१० फुरुम्बुले जितेको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा निर्मित इलाका प्रहरी कार्यालयको भवन शनिबार उद्घाटन भएको छ।
लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गर्नुभएको छ । अहिले कांग्रेस सरकारमा नहुँदैमा आत्तिनु पर्ने कुनै आवश्यकता नरहेको उहाँले बताउनुभयो ।
बेवारिसे अवस्थामा भेटिएको ग्रिनेट पड्किँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ पुरानो पञ्चमीमा एकजना बालक घाइते हुनुभएको छ ।
कैलालीमा शनिवार हाइस अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र. ०२००१ ज ४०६ नम्बरको हाइस आफै अनियन्त्रित भइ गौरीगंगा नगरपालिका –६ बनबेहडास्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भइ नालीमा पल्टिँदा लम्की–चुहा नगरपालिका –१ का ७३ वर्षीय कर्मा प्याकुरेलको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो कार्यकालमा सुशासन र विकासमा केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो पटक शनिबार गृह जिल्ला चितवन पुगेर उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ ।
सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ ।
रुपन्देहीको प्रख्यात बौद्ध धार्मिक स्थल लुम्बिनीमा अवस्थित अति नै सुन्दर विश्व शान्ति स्तुप छ। यस स्तुपामा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएको छ।
घलेगाउँको सांस्कृतिक महत्त्व छुट्टै छ। तर, यो समयमा त्यहाँबाट देखिने हिमालका दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।
कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।
सर्लाहीमा शुक्रबार राति भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ।