प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले मङ्गलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मङ्गलबार) राति घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । स्टकल्यान्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । पहिलो खेल आज नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातान्त्र पुनःस्थापनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताउनुभएको छ । काठमाडौंमा कोइरालाको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।
साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ ।
हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।
भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।
प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हरेक क्षेत्रका श्रमिकको मानव अधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार राजधानीमा आयोजित मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पहिचानसहित काम गरेर खान पाउनु श्रमिकको मानव अधिकार भएको बताउनुभयो । उहाँले श्रम गरेर खाने वर्गको सम्मान गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।
गुल्मीमा ५७५ रोपनी जग्गामा फलफूल खेती सुरु भएको छ । जिल्लामा थप एक सय रोपनी जग्गामा अन्य खेती गरी कुल ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु भएको हो ।
काम विशेषले साझा प्रकाशन गएको थिए तारानाथ शर्मा । त्यहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीसँग भेट भयो । त्रिपाठीले अकस्मात् पश्चिमका साहित्यकारहरूबारे पुस्तक लेख्न अनुरोध गरे । त्यो अनुरोध सुन्नेबित्तिकै साझा प्रकाशनका व्यवस्थापक क्षेत्रप्रताप अधिकारीले केही रुपियाँ शर्मालाई बैना मारिहाले ।
पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ ।