प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा परम्परागत घारमा माहुरी पालन गरिँदै ।
पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि उहाँको नयाँ गन्तब्यको विषयमा चासो र चर्चा बढेको थियो । कतार विश्वकप जारी रहँदा युनाइटेडसँगको सम्झौता टुङ्ग्याएपछि रोनाल्डो कहाँ जानुहुन्छ भन्ने ब्यक्त जासोलाई उहाँले शुक्रबार राति अन्त्य गर्नुभएको छ ।
नेपथ्य व्याण्डले आज काठमाडौँमा मानवता प्रवद्र्धनमा साथ दिदैँ नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । अँग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रुपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम सांगितिक प्रस्तुती दिन लागेको हो । नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ् तथा उहाँको व्याण्ड सदस्यहरुले यस अघि विभिन्न देशका नौ वटा मुख्य सहरमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिसकेको छ । विभिन्न अभियानका साथ आफ्नो सांगितिक प्रस्तुतीलाई जोड्दै अघि बढ्ेको नेपथ्यले यस पटक नेपालमा मानवता प्रवद्र्धनका लागि आफ्नो सांगितिक प्रस्तुती दिनु भएको हो । जसका लागि नेपथ्यले सडक मानवको उद्धार तथा रेखदेख गरिरहेको मानव सेवा आश्रमसँग सहकार्य गर्नु भएको बताउनुभयो ।
नाटककार भीमनिधि तिवारीको जीवनकालको समयमा पार्सी थिएटर, हिन्दी उर्दू नाटक मञ्चनको प्रभाव नेपालमा अझ विशेष गरेर राजधानीका पूर्वज नाटककारमा व्याप्त थियो । नाटक र नाटक मञ्चनमा नेपाली माटोको सुगन्धभन्दा विदेशीको अत्तर छर्कने काम भइरहेको थियो । नाटककार तिवारीले दरबारिया नाटक मञ्चनको प्रचलित चलनबाट सर्वसाधारण जनताको भाषा, समाज, अभिव्यक्ति र नाटकीय मञ्चनको मूलधारमा प्रवेश गराएर आफ्नो नाटकीय सिर्जनशीलतालाई एउटा अतुलनीय क्रान्तिकारी रूपमा मोडिदिनुभयो । नाटक लेख्ने शास्त्रीय परम्परा अथवा भनौँ पश्चिमी, भारतीय, उर्दू, पार्सी प्रकारका आयातित शास्त्रीय नाटकीय परम्परालाई स्वदेशी नमानेर नाटक लेखनमा एउटा नयाँ मोड ल्याउनुभयो । उहाँको सिर्जनशीलताको क
म परीसा अधिकारी चितवनमा रहेको एसओएस विद्यालयमा म कक्षा ४ मा पढछु । म मेरो विद्यालयको जति पनि खेलका कार्यक्रममा सधैँ पहिला हुने छात्रा हुँ । दौड मेरो विशेष रुचिको विषय हो । मैले दौडमा जितेर धेरै नै मेडल पाएको छु । हरेक वर्ष विद्यालयमा आयोजना हुने दौड प्रतियोगितामा मैले पहिला भएर पुरस्कार पाएको छु । दौडबाहेक रेस्लिङसम्बन्धी अन्य गेम तथा जिम्न्यास्टिक पनि म खेल्ने गर्छु। मैले सेल्फ डिफेन्स अर्थात् आत्मरक्षाको पनि धेरै कला जानेको छु ।
दुई जना बूढाबूढी छौँ घरमामिलेर चुलोचौको गर्छौंबिहान–च-यापचुरुप ! केही चपायो – पुगिहाल्छएक मुठ्ठी तातो प्युन पाएसाँझको आवश्यकता टरिहाल्छ ।अरूबेला खासै त्यस्तो केही लाग्दैन कहिलेकाहीँ–जब उसको छाती दुख्छअनायासै मेरो रक्तचाप बढ्न थाल्छकुनै बेला जब खोकीले मलाई सताउँछअनायासै उसको अनुहारमा बादल बस्न थाल्छसकेसम्म आफ्नो अप्ठ्यारोएक–अर्कोबाट लुकाउने हामी दुवैको बानी छ ।पहिले पहिलेहामीभन्दा अघि नै रात निदाई सक्थ्योअचेल उसको पनि स्वभाव फेरिएको छहामी पीरले पहेँलिएको बेलाजाग्राम बस्छ यो पनि हामीसँगैर, लाग्छ–हाम्रै जस्तो यसको आँखामा पनिबग्न नसकेको पानी छ ।
साँच्चै उच्च प्रवीण सभ्य पनको, उद्देश्य उम्दा थियो पुर्खा पौरख गर्दथे गजबले, निर्माण राम्रो थियोे । गर्थे उच्च विकासका प्रगतिका, नौला अनौठा कुरा रच्थे रे पुर व्योममा प्रविधिले, निर्माणका टाकुरा ।
चोट यो खुकुरीको अचानोलाई थाहा हुन्छ गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ । मायाको जलायौ दियो सँगै बाँच्ने वाचा थियो वाचा कसम भुलेर निभायौ किन दियो पीडा यो गोलीको छातीलाई थाहा हुन्छ
निर्दयी चिसोले गलेर पिन्चे रोदनका आँसु बगाएर बसेको सुर्खेत उपत्यका कुहिरो हटेर भर्खरै न्यानो घाममा तङ्ग्रिएको छ । पश्चिमी हावाको चिसोले पनि हदैसम्म हिर्काउँछ । मेरो शरीर लुगलुग कामिरहेको छ । ज्ञानको भर्भराउँदो बत्तीको प्रतीक काँक्रेविहारको गरिमामय चहक दृश्यावलोकनको भोकले मलाई आतुर बनाइरहेको छ । त्यही भोक तुर्ने काँक्रे बिहार सयरको तारतम्य २०७४ साल पुस २ गते दिउँसो २ः४५ बजेको प्रहरमा जुरेको थियो । सम्भव भएसम्मको न्यानो कपडामा बेरिएर वीरेन्द्रनगरको केन्द्रबिन्दु मङ्गलगढी चोकमा टुप्लुक्क पुग्छु । ऐतिहासिक महिमा बोकेको सुर्खेतको प्राचीन सम्पदास्थल काँक्रे बिहारमा पुग्दा चञ्चल मनलाई बिहारको चुम्बकीय आकर्षणले स्थिर बनाउँछ । बुलबुले तालको महìव, लाटीकोइली गाउँको ऐतिहासिक विरासत, इत्राम खोलाको रहस्य र देउती बजै मन्दिर दर्शनको रहर हृदयमा अङ्कुराएर झाङ्गिन्छ ।
नेपाली साहित्यको क्षेत्रमा लक्ष्मी श्रेष्ठ अपरिचित नाम होइन । कविता, संस्मरण आदि विधामा कलम चलाउँदै आउनु भएकी उहाँको वि.सं. २०१७ मा ‘सुन्दरीजल’ र वि.सं. २०२० मा ‘तिम्रो सम्झनामा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित छन् । यसपछि वि.सं. २०२१ मा अर्को संस्मरणात्मक कृति ‘न्युयोर्क कोरोना डायरी’ को प्रकाशनपछि उहाँ वि.सं. २०७९ (सन् २०२२) मा आफ्नो चौथो तर पहिलो कथाकृति ‘खुला जेल’ मार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखा पर्नुभएको छ । अत्यन्त व्यस्त जीवनबाट अलिकति समय निकालेर भए पनि नेपाली साहित्यको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले प्रेरित भएर लाग्–छाड् लाग्–छाड् किसिमले नै भए पनि कलम चलाउँदै आउनु भएकी उहाँका केही गीत पनि युट्युबमा प्रसारित छन् ।
सबभन्दा पहिले गणतन्त्रको स्थापना वैशालीमा भएको थियो । संसारको प्रजातान्त्रिक व्यवस्थाका लागि बज्जि गणराज्य धेरै नाम चलेको थियो । केही मानिसका भनाइमा इक्ष्वाकु वंशका नौ जना राजाले शासन गरेको र तिनीहरूकै नाममा यसको नाम विशालपुरी वा विशालगढ अर्थात् वैशाली भनिएको हो ।
प्रविधिको व्यापकता र व्यस्त जीवनशैलीका कारण प्राकृतिक वातावरणबाट हामी टाढा हुँदै गएका छौँ । हाम्रा अधिकांश सहरी क्षेत्र पर्याप्त खुला ठाउँ, बगैँचा, रुख, सफा नदी र प्रकृतीमैत्री संरचनाविहीन घरैघरले भरिएका घना बस्ती बनेका छन्, कतै बन्दैछन् । त्यसैले हामी प्रकृतिबाट टाढा कृत्रिम वातावरणमा कैद बन्दै गएका छौँ । यसको सबभन्दा ठूलो असर हुर्किंदो पुस्तामा परिरहेको छ । हाम्रा बच्चा बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर बस्न वा प्लास्टिकका खेलौनासँग खेल्न बाध्य छन् । यसले बालबालिकाको चौतर्फी विकास हुनलाई मात्र रोकेको छैन, बिस्तारै प्रकृितबाट पनि उनीहरूलाई बिमुख बनाउँदै लगेको छ ।
आन्तरिक र बाह्य पर्यटकको गन्तव्य घलेगाउँ लमजुङको सदरमुकाम बेँसीसहरबाट उत्तर–पश्चिम २७ किलोमिटरको दूरीमा पर्छ । यो ठाउँ लमजुङको क्होलासोथर गाउँपालिका–३ मा पर्छ । यहाँ घले र गुरुङ जातिको बाहुल्य रहेको छ । यहाँका मानिसले पाहुनालाई ईश्वरसमान व्यवहार गर्छन् । मिठो मुस्कानले स्वागत गर्छन् ।
फ्रान्सेली स्टार करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालको छ । शुक्रबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियल लिगको शीर्षस्थानमा उक्लिएको छ ।