• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा परम्परागत घारमा माहुरी पालन गरिँदै । तस्बिर : डिलबहादुर सिंह/डोटी ।


सोमबार नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रवेश गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : मनोजरत्न शाही 


पर्यटकीय दृष्टिकोणले निकै महत्त्व बोकेको राजधानीको टौदहमा बिहानको समय देखिएको आगन्तुक चरा । सो दहमा हिउँदे याममा आन्गतुक चराहरु आउने गर्दछन् । तस्बिर ः  कविन अधिकारी ।   


एक कार्यक्रममा सहभागी काठमाडौंको मखन टोलकी कुमारी । तस्बिर : मनोजरत्न शाही


बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस


धनकुटा जिल्लामा रहेको राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रमा सुन्तला टिप्न व्यस्त स्थानीय । यस क्षेत्रमा सुन्तलाको विषयमा अनुसन्धान गर्नुका साथै सुन्तला खेतीका लागि तालिम तथा माटो अनुसारको सुन्तला हुर्काउन सकिने वा नसकिने जाँच गर्ने गरिन्छ । यस वर्ष मात्रै करिब १३ लाख बराबरका सुन्तला उत्पादन गरेर ठेक्का गरिएको केन्द्रले जनाएको छ । बोटमै ३० देखि ५० रुपियाँ किलो बिक्री गरिएकोे सुन्तला बजारसम्म आइपुग्दा १३० देखि १५० रुपियाँसम्म पर्ने गर्दछ । तस्बिर : सागर बस्नेत

 सुर्खेतको बराहताल गाउँपलिका–४ तरङ्गामा देउडा खेल खेल्दै स्थानीय बासिन्दा । संस्कृति जोगाउन यहाँको बुढापाकाहरुले समय–समयमा देउडा खेल खेल्ने गर्दछन् । तस्बिरः सुरेश आचार्य/रासस