• १२ असोज २०८१, शनिबार

ग्रिनेट पड्किँदा बालक घाइते

blog

बेवारिसे अवस्थामा भेटिएको ग्रिनेट । फाइल तस्बिर

राधा लुइटेल
फिदिम, पुस १६ गते ।
बेवारिसे अवस्थामा भेटिएको ग्रिनेट पड्किँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ पुरानो पञ्चमीमा एकजना बालक घाइते हुनुभएको छ ।

घाइते हुनेमा स्थानीय मनोज खड्काका ८ वर्षीय छोरा निरज खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राँके–रवि सडक खण्डअन्तर्गत इलामको फाकफोकथुम–१ र पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ को सिमावर्ती पुरानो पञ्चमी बजारदेखि पाँचसय मिटर तल साथीसँग घाँस काट्न गएका बखत जङ्गलमा भेटिएको हरियो डल्लो खेलाँउदा विष्फोट हुँदा निरज घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख (डिएसपी) हरि खतिवडाले जानकारी दिनुभयो ।

‘जङ्गलमा भेटिएको ग्रेनेट खेलौना सम्झिएर खेल्ने क्रममा घट्ना भएको हो,’’ खतिवडाले भन्नुभयो । खिया लागेको अवस्थामा भेटिएको ग्रिनेट द्वन्दकालिन समयमै छोडिएको हुनसक्ने खतिवडाको अनुमान छ ।

ग्रिनेट पड्किँदा निरजको दाँया छाती, पेट र मुखमा चोट लाग्दा बालक बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । बालकलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।