• १२ असोज २०८१, शनिबार

पाँचथरको हिलिहाङमा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

blog

इलाका प्रहरी कार्यालय हिलिहाङको नव निर्मित भवन उद्घाटन गर्नुहुँदै प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदिप गिरी। तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, पुस १६ गते। पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा निर्मित इलाका प्रहरी कार्यालयको भवन शनिबार उद्घाटन भएको छ।

एक नम्बर प्रदेश सरकारको ८३ लाख ८८ हजार हजार लागतमा निर्मित उक्त भवन प्रदेश प्रहरी प्रमुख (डीआइजी) सुदिप गिरीले उद्घाटन गर्नुभएको हो। 

भवन उद्घाटन कार्यक्रममा बोल्दै डीआइजी गिरीले नयाँ भवन उद्घाटन भएसँगै सुरक्षाकर्मीमा नागरिकको शान्ति सुरक्षार्थ थप जिम्मेवार बनेर अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो। 

स्थानीयले उपलब्ध गराएको ५ रोपनी जग्गामा निर्मित साढे दुई तला भएको उक्त भवनमा हिरासत, भान्छा, कार्यालय र प्रहरी कर्मचारीको आवाससहित १५ वटा कोठा छन्।

भवन उद्घाटन कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई, प्रदेश १ प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका शाखा प्रमुख प्रहरी उपरीक्षक इन्जिनियर अनिल  रानालगायत जिल्ला सुरक्षा समिति सदस्य, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि उपस्थित थिए। 

भवन २०७७ साल असार ११ गते शिलान्यास गरेर निर्माण थालिएको पाँचथरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिनुभयो।