शीर्षटोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा आफ्नो अग्रता थप बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई उसैको मैदानमा ४–२ गोलले हरायो ।
काठमाडौं नाईट्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई ९० रन ले हरायो ।
मौसममा आएको परिवर्तनसँग चिसो बढेको छ । दिनहुँ बढ्दै गरेको चिसोले यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दैगएको छ ।
महोत्तरीको बर्दिबासमा विविध कार्यक्रम गरी सातौँ ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ । ‘नेपाली टोपी हाम्रो शान, पहिचान र स्वाभिमान’ नाराका साथ दिवस मनाइएको हो ।
मधेश प्रदेशमा ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँस्थित स्वाँरको फाँटमा सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।
धनकुटाको भेडेटारमा शनिबारबाट खाना महोत्सव सुरु भएको छ ।
मौलिक लोक शैलीका गीतमा छुट्टै परिचय बनाउनुभएकी गायिका लक्ष्मी आचार्य यो क्षेत्रमा प्रवेश गर्नुभएको १२ वर्ष भयो। आचार्यको करिब सयभन्दा बढी गीत बजारमा आइसकेका छन्। गायिका आचार्यसँग गीत सङ्गीतमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
पछिल्लो वर्षझैँ यो वर्ष पनि व्यावसायिक हिसाबले बलिउडका लागि खासै राम्रो ठहरिएन। यो वर्ष पनि बलिउडमा चलचित्रहरूको सङ्ख्या बढाउने काम मात्र भए। सन् २०२२ को वर्षमा बलिउडका चलचित्र हिट कम फल्प धेरै भए। वर्षभरि नै बलिउडमा चलचित्रको कथाभन्दा पनि कलाकारहरूले चलचित्रलाई चलाउने काम गरे। अहिलेका दर्शक रोनाधोना, एक्सनभन्दा पनि फर्मुलाले भरिएको चलचित्र धेरै हेर्न रुचाउने देखियो।
सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ। कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः थप गरिए पनि सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसकेको खानी तथा भू–गर्भ विभागले जानकारी दिएको छ।
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन (मर्ज) गरिएका छन्। स्थानीय तहले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन्। सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठवटा कायम गरेको छ। विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, सुनाकाँडामा अवैध रूपमा राष्ट्रिय वन क्षेत्र ओगटेर बनाइएका ४९ घरटहरा हटाइएको छ। डिभिजन वन कार्यालय भेरी, इलाका प्रहरी कार्यालय बाबियाचौर र सशस्त्र प्रहरी वन बेसक्याम्प गुटुको संयुक्त टोलीले शुक्रबार ती अवैध घरटहराहरू हटाएको हो। डिभिजन वन कार्यालय भेरीका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले राष्ट्रिय वन क्षेत्र ओगटेर अवैध घरटहरा बनाइएको भन्ने सूचनाको आधारमा टोलीले गएर हटाएको बताउनुभयो। समथर र सुन्दर स्थान भएकाले त्यहीँ वरपरका बासिन्दाले नै उक्त क्षेत्रमा घरटहरा बनाएको उहाँको भनाइ छ। घरटहरा हटाउँदा बनाउनेहरू त्यहाँ कोही पनि नभएको उहाँले बताउनुभयो।