तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आइतबार सर्लाहीका विभिन्न पर्यटकीय स्थलमा मानिसहरूको भीड लागेको छ ।जिल्लाको बागमतीस्थित निर्माणाधीन ताल, सर्लाही र रौतहटको सीमामा पर्ने नुनथर, चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल, पत्थरकोट, सागरनाथ, कैलाशपुरीसहित जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड देखिएको हो ।
आगामी तीन दिन देशभर चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल नगर्न विज्ञले सुझाव दिएका छन्। विज्ञले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
हिमाली जिल्ला दार्चुलामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । केही दिन यता ह्वात्तै बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डले वृद्धि भएको दूधको मूल्य फिर्ताका लागि आग्रह गरेको छ ।
पाँचथरको सदरमुकाम फिदिमसँग सिधा सम्पर्कमा जोडिने चारवटा ग्रामीण सडक कालोपत्रे गर्ने चरणमा रहेका छन्। सखरखण्डे-यासोक, शिवा दोभान-लुम्फाबुङ-नवमीडाँडा, फिदिम-फालोट र शनिबारे-लुङ्रुपमा-गोरुवाले सडक कालोपत्रे गर्न लागिएको हो।
सुदूरपश्चिम प्रदेशमा नियमित सञ्चालनमा रहेको एकमात्र धनगढी विमानस्थलमा आइतबार हवाई उडान प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित भएको हो ।
गण्डकी प्रदेश मातहत जिल्लामा २६ हजार ८८ घरमा खानेपानीका धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि जिल्लामा २६ हजार ८८ वटा धारा निर्माण भएका हुन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लामै पहिलो पटक ‘कपडा बैङ्क’ अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको पहिलो दिन २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारीमा योगेन्द्रसिंह थापा आउनुभएको छ । यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी पदम विष्टको सरुवा भएपछि राजमार्ग सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत थापा प्रहरी प्रमुख बनेर सुर्खेत आउनुभएको हो ।
चर्च ब्वाइज क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइनले मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हरायो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सुत्केरी महिलालाई राहत मिलेको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ ले सुत्केरी महिलालाई राहत मिलेको हो।
लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभएको छ।
लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । वित्रि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हरायो ।