सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनबारे प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
गत जेठमा कोरोनामुक्त घोषणा भएको सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित पार्टी र व्यक्तिले दिनुपर्ने बताउनुभएको छ।
सङ्घीय संसद राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सङ्घीयतासम्बन्धी आफैँले तय गरेको मार्गचित्र अनुसार नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो ।
बाँकेमा लुम्विनी प्रदेश सरकारले एकसाथ १४ वटा ठूला पक्की पुलको निर्माण हुनेभएको छ । सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख सरदकुमार अधिकारीका अनुसार तीमध्ये दुईवटा पुलको निर्माण कार्य चालु आर्थिक वर्ष २०७८–७९ मा सम्पन्न भएको छ । सातवटा पुलको निर्माण कार्य जारी छ । थप पाँचवटा पुल निर्माणका लागि डीपीआरको काम भइरहेको छ ।
सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
तनहुँको व्यास नगरपालिका –१२ घाँसी कुवामा खुकुरी प्रहारबाट मङ्गलबार राती एक युवक गम्भीर घाइते भएका छन् । सोही ठाउँस्थित एएम हाईवे होटल एण्ड लजमा सोही लजका साहु म्याग्दे गाउँपालिका –७ का अर्जुन बिक र व्यास नगरपालिका –३ बस्ने वर्ष २७ को रिसफ ठकुरी लगायतबीच झगडा हुँदा ठकुरी घाईते भएको प्रहरीले जनाएको छ ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषाको संरक्षण र प्रवर्धनमा सरकारले चासो नदिएको बताउनुभएको छ । आयोगले बुधबार आयोजना गरेको सञ्चार माध्यममा ‘भाषा प्रयोगको अवस्था र भावी चिन्तन’ सन्दर्भमा आयोजना गरेको अन्तरिक्रयामा उहाँले त्यस्तो बताउनुभएको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ मा चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । मंगलबार परेको चट्याङ लागेर सुर्किमारे गाउँका ४६ वर्षिया लक्ष्मी ओली र बोहरा गाउँका ३० वर्षिया कौशिला महतारा बोहरा घाइते हुनुभएको हो ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसोसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।
कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ ।
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–२ का तीन वटा बस्तीमा एकसाथ गाडी पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । यसै आर्थिक वर्षबाट सुरु भएको सडक निर्माण कार्य पुरा भएर गाडी सञ्चालनमा आई बस्ती बस्तीमा गाडी पुुगेपछि स्थानीयले स्वागत सहित खुशी मनाउनुु भएको हो ।
नेपाल र क्यानडाबीच मङ्गलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने तालिका थियो ।
स्थानीय स्तरमै पीडितहरुको गुनासो सुन्न जाजरकोट प्रहरीले चियापान कार्यक्रम आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा प्रहरीले पिडितहरुको समस्या र गुनासो बुझ्न चियापान कार्यक्रम आयोजना गरेको हो ।