नेपाल स्रष्टा समाजले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा आइतबार बहुभाषिक कविगोष्ठी सम्पन्न गरेको छ । कवि गोष्ठीमा करिब २५ जना कविहरूले विभिन्न भाषाका कविता वाचन गरेका थिए ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।
बागलुङको गलकोट नगरपालिका –३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल गोलकोटमा आकर्षक पदमार्ग निर्माण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
झापाको कनकाई–८ निवासी महिला फुटबलकी यू–१५ साफ च्याम्पियन खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ ।
कैलालीको पहाडी गाउँपालिका चुरेको बाटेगढामा पहिलो पटक बिजुली पुगेपछि स्थानीयमा खुसी छाएको छ । चुरे गाउँपालिका –४ बाटेगढामा पहिलो पटक बिजुली बत्ती पुगेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीयहरू खुसी भएका हुन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब सङ्कटाको अध्यक्षमा इन्द्रमान तुलाधर फेरि निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले तुलाधरलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
बुटवलमा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति सम्बन्धनमा सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेर जनताको विश्वास जित्नु आवश्यक रहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा थपिएको छ।
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १०/१० खेलाडीमा समेटिएका थिए ।