• २० असोज २०८१, आइतबार

एकीकृत समाजवादी स्थायी कमिटी बैठक

बृहत्तर बाम एकताको पहल गर्ने पक्षमा छौँ : एकीकृत समाजवादी

blog

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक।

काठमाडौं, पुस १७ गते। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति सम्बन्धनमा सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। 

समाजवादीका केन्द्रीय कार्यालय सचिव डा. गङ्गालाल तुलाधरले हिजो  शनिबारदेखि सुरु भएको बैठकमा मूलभूत रूपमा सदस्यका लागि बोल्नका लागि केही बुँदा निर्धारण गरिएकोमा सरकारमा जाने कि, नजाने, पार्टी एकीकरण, पार्टी पुनर्गठनको महाअभियान, वर्तमान राष्ट्रिय परिस्थिति एवम् सङ्कटको स्थिति र ओझेलमा परेका जनसरोकारका मुद्दा गरी विभिन्न पाँच वटा बुँदा निर्धारण गरिएको बताउनुभयो।

आइतबार दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै डा. तुलाधारले सरकारमा सहभागी हुने वा नहुने भन्ने जिज्ञासामा प्रतिक्रिया दिनुभयो, “औपचारिकरुमिा प्रस्ताव पठाउनुभएको छैन। यसखाले सरकारलाई समर्थन दिने कुरा एमाले र माओवादीले नेतृत्व गरेको जस्तो देखिए पनि मूलरुपमा यो खिचडी बन्ने जस्तो देखिएको छ। समर्थन नदिएर पनि यसले निरन्तरता त दिन्छ। सरकारमा जाने कुराको हतारो र समर्थन, पार्टी एकताको जे खाले चर्चा चलिरहेको छ, यो केहीले चलाएका हल्ला मात्रै हुन्।” बैठकमा सरकारमा सहभागी हुने विषय नै प्रवेश नभएको उहाँले थप्नुभयो।

उहाँले बैठकमा यसअघिको गठबन्धन बन्नुभन्दा अगाडि र चुनाव हुनु अगाडि उठिरहेको समाजवादी र माओवादीबीचको पार्टी एकताको प्रक्रियाका लागि छलफल चलेको बताउनुभयो।

“सत्य कुरा के हो भने, जसपा, माओवादीसँग यो गठबन्धन बन्नुभन्दा अगाडि अझ चुनावभन्दा अगाडिको कुरा समाजवादी र माओवादीबीचमा एकताका लागि प्रक्रियाको सुरुवात गर्नका निम्ति छलफल गर्‍यौँ”, उहाँले भन्नुभयो।

यस सम्बन्धनमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमसँग छलफल भइरहेको भन्नुहुँदै उहाँले बृहत्तर वाम एकताको पहलमा अगुवाइ गर्ने पक्षमा आफूहरू रहेको प्रष्ट पार्नुभयो।

समाजवादी पार्टी हतारिएर सरकारमा नजाने र यो प्रस्ताव अहिलेको सरकारबाट सजिलै प्राप्त नहुने आशय समेत उहाँले राख्नुभयो।