• १२ असोज २०८१, शनिबार

तमु ल्होसारमा आयोजित भलिबल उपाधि फुरुम्बुलाई

blog

भलिबल उपाधि विजेता फुरुम्बुको खेलाडी टोली। तस्बिरः गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १६ गते। ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका-१० फुरुम्बुले जितेको छ। फाइनल (अन्तिम) खेलमा पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङ्खोल्याङलाई पराजित गर्दै फुरुम्बोले उपाधि जितेको हो। 

फुरुम्बुले नाङ्खोल्याङलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। भलिबल उपाधि जितेसँगै फुरुम्बुले ६१ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको नाङ्खोल्याङले नगद ३५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको थियो। 

तमु ल्होसार भलिबल खेल उपसमितिका संयोजक लक्ष्मण गुरुङका अनुसार भलिबल प्रतियोगिता सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित भीमकाली गुल्मको मैदानमा सञ्चालन गरिएको थियो।