सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ ।
काठमाडौं, असार १९ गते। पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परीक्षणमा ३९ र एन्टिजेन परीक्षणमा १४ गरेर ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा ११ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ र र ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि मन्त्रालयले सार्वजनिक गरेको हो। अहिले देशभर ३३३ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा ४७ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित छन्।
भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस दिएको छ।
नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ गर्नुभएको छ।
सिकलसेल तथा थालेसिमियाका बिरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरेका छन् । तर पहिचानका लागि मेसिनको अभाव देखिएको छ ।
भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडी राखेको छ ।
जिल्लाका सरोकारवाला निकायको सक्रियतामा रारातालमा जाने छोटो रारा पर्यटकीय पदमार्ग निर्माण भएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा सो पदमार्ग निर्माण भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।
मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।
बालक हत्या घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै अछाममा पाँच दलले जिल्लाभर चल्ने सवारी साधनमा रोक लाएका छन् । यातायातमा रोक लाउँदा जिल्लाभित्र र जिल्ला बाहिर चल्ने सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।
पहिलो पटक बाँके जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकाले कोभिडविरुद्धको खोप लगाएका छन् । ५ देखि ११ वर्षका बालबालिकाका लागि सञ्चालन गरिएको अभियानमा निर्धारित लक्ष्यभन्दा २ प्रतिशत बढी बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठले बताउनुभयो ।
स्पेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गर्नुभएको छ । नाडालले शनिबार राति भएको खेलमा इटालीका लोरेन्जो सोनेगोलाई ३-० को सेटमा हराउनुभयो । लन्डनमा जारी प्रतियोगितामा नाडालले लोरेन्जोमाथि ६-१, ६-२, ६-४ को जित निकाल्नुभएको थियो ।
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । यस खेल नेपाली समय अनुसार राति ७ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।