आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि मुस्ताङ जिल्लामा तीन सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनामा जिल्लामा तीन सय १२ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
माघी थारू समुदायको महान् पर्व र नयाँ वर्ष पनि हो । माघी नजिकिँदै गर्दा पश्चिम तराईका थारू बस्तीमा गत सातादेखि माघी पर्वको रौनक छाएको छ । गाउँ गाउँमा माघीको तयारीदेखि विभिन्न थारू सङ्घ संस्थाद्वारा गाउँदेखि सहरसम्म माघी विशेष कार्यक्रम गरेर धुमधामसंग मनाइरहेका छन् ।
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले सन् २०२५ को एक वर्षमा प्रवेश शुल्कबाट झण्डै चार करोड रुपियाँ आम्दानी गरेको छ। पर्यटक आगमन उल्लेख्य रूपमा बढेसँगै मनास्लु संरक्षण क्षेत्रको आर्थिक आम्दानी अभूतपूर्व रूपमा वृद्धि भएको हो ।
आगामी प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिमका व्रिmयाशील राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले उम्मेदवार सिफारिस गरेका हुन् ।
तनहुँको भिमादमा जिल्लाकै सबैभन्दा धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भिमाद नगरपालिका–६ को आयोजनामा आगामी माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–२०८२’ सञ्चालन हुन लागेको हो ।
कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने र त्यसको चौतर्फी असर बढ्न थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ३२ पालिकामा बालविवाह अन्त्यको रणनीति तयार भएको हो । तीन वर्षको अवधिमा ती रणनीति बनेका हुन् ।
कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडकखण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा–जाजरकोट जोड्ने सडक अन्तर्गत टोप्ला–इमिल्छा हुँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो ।
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।
संयुक्त राष्ट्रसङ्घ (युएन) मा गैरसरकारी संस्थाका तर्फबाट बुझाउने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छाया प्रतिवेदनमा कर्णालीका समस्या सम्बोधन गर्न सुझाव दिइएको छ । बुधबार सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशमा केही हानिकारक प्रथा रहेकोले महिला हिंसा, जातीय विभेद र छुवाछुत, अशिक्षा जस्ता विषयलाई पनि छाया प्रतिवेदनमा समेट्न सुझाव दिइएको हो ।
महोत्तरीमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा दृष्टिले संवेदनशील तयारी गरिएको छ । जिल्लाका अधिकांश मतदानस्थलहरू संवेदनशील तथा अतिसंवेदनशील वर्गमा परेकाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
जनगणना–२०७८ अनुसार नेपालमा खस भाषा बोल्नेको पहिचान हुनुका साथै भाषा बोल्नेको सङ्ख्या पनि बढेको छ । पछिल्लो जनगणनामा खस भाषीको छुट्टै तथ्याङ्क लिएकोमा सङ्ख्या बढेको पाइएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालनमा आउदा भाडादर सस्तिएको छ । यसअघि बोलेरो जिप मात्र सञ्चालन हुँदा भाडादर मनपरी लिने गर्दा यात्रुहरुले चर्को भाडा तिर्नु पर्ने बाध्यता रहेको थियो । यद्यपी, अब सो अवस्था हटेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले
ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो सडकका रूपमा छ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी– सिंहदेवी सडक अलपत्र भएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले विसं २०७६ साउन २० गते ठेक्का लगाएको सडकको काम निर्माण कम्पनीले छोडेपछि अलपत्र भएको हो । उत्तरी मोरङको केराबारी–२, सिंहदेवी