कञ्चनपुरमा सङ्क्रामक रोगको यकिन तथ्याङ्क पाउन मुस्किल बन्दै गएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यहाँका निजी स्वास्थ्य संस्था दर्ता नहुँदा स्वास्थ्य सेवाको प्रभावकारिताको उचित मूल्याङ्कनसमेत हुन सकेको छैन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बुडाँडामा रहेको सौर्य मिनिग्रिड चार महिनादेखि मर्मत नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । चट्याङ परेर सौर्य मिनिग्रिडमा क्षति पुगेपछि विद्युत् सेवा चार महिनादेखि अवरुद्ध बनेको हो ।
ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
स्वास्थ्य बिमा कार्यक्रममा डडेलधुराका करिब साढे तीन हजार नागरिक समेटिएका छन् । एक लाख ४२ हजारभन्दा बढी जनसङ्ख्या रहेको डडेलधुरामा ३० हजार ४१५ जना मात्र स्वास्थ्य बिमामा आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार डडेलधुराको कुल जनसङ्ख्या एक लाख ३९ हजार ६०२ रहेको छ ।
बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बनेको छ ।
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालयलाई व्यवसायी नविन रेग्मीले विभिन्न उपकरणहरु सहयोग गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेशका दुई नाकामा ‘इन्टिग्रेटेड चेकपोस्ट’ निर्माण गरिँदै छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीस्थित त्रिनगर (गौरीफन्टा) र कञ्चनपुरस्थित गड्डाचौकी नाकामा इन्टिग्रेटेड चेकपोस्ट निर्माण गर्न लागिएको हो । नाकामा चेकजाँचलाई व्यवस्थित बनाउनका लागि इन्टिग्रेटेड चेकपोस्ट निर्माण गर्न लागेको जनाइएको छ ।
थारू समुदायमा विशेष रूपमा मनाइने माघी पर्व मनाउनका लागि रोजगारीको सिलसिलामा भारत गएका थारू समुदायका व्यक्ति धमाधम स्वदेश फर्किन थाल्नुभएको छ ।
अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।
पम्परागत आरन पेसा लोप भइरहेका बेला यहाँको एक विश्वकर्मा परिवारका बाजे, छोरा, नाति र पनाति पुस्ताका १४ जना सदस्य एउटै आरन काम गरेर आम्दानी गर्दै आउनुभएको छ । चार पुस्ताका सदस्यको आरन मात्रै होइन, परिवारका सदस्य पनि सगोलमा बस्दै आइरहेका छन् ।
मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो ।
गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नगरवासीलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यका साथ अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपालको व्यवस्थापिका (संसद्) दुई सदनात्मक छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुन्छन् । प्रतिनिधि सभाका सदस्यको पदावधि पाँच वर्ष रहेको छ । राष्ट्रिय सभा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्ग हो ।