सडक कालोपत्रे गर्नुपर्ने समय नाघेको एक वर्र्षपश्चात् घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडाखण्ड अन्तर्गत झन्डै आठ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो ।
पछिल्ला वर्षमा बाँकेका निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ । निजि जग्गासँगै सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा समेत बिरुवा रोप्ने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा सामुदायिक कुकुर व्यवस्थापन गर्न सकस भएको छ । सडकचोक नै ढाक्ने कुकुर व्यवस्थापन हुन नसक्दा सवारीचालक तथा विद्यालय जाने विद्यार्थीलाई त्रास पैदा भएको गुनासो गर्दै आएका छन् ।
दाङको राजपुर गाउँपालिका–२, बेलाकी कैलाशपति चौधरीका पति गुरुप्रसाद चौधरी गाउँकै चिनिएका घर बनाउने मिस्त्रीका गुरु हुनुहुन्थ्यो । जीवनभर अरूका घर बनाउँदै बिताउनुभएका गुरुप्रसादले आफ्नै परिवारका लागि भने राम्रो घर बनाउन सक्नुभएको थिएन ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि मुस्ताङ जिल्लामा तीन सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनामा जिल्लामा तीन सय १२ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
माघी थारू समुदायको महान् पर्व र नयाँ वर्ष पनि हो । माघी नजिकिँदै गर्दा पश्चिम तराईका थारू बस्तीमा गत सातादेखि माघी पर्वको रौनक छाएको छ । गाउँ गाउँमा माघीको तयारीदेखि विभिन्न थारू सङ्घ संस्थाद्वारा गाउँदेखि सहरसम्म माघी विशेष कार्यक्रम गरेर धुमधामसंग मनाइरहेका छन् ।
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले सन् २०२५ को एक वर्षमा प्रवेश शुल्कबाट झण्डै चार करोड रुपियाँ आम्दानी गरेको छ। पर्यटक आगमन उल्लेख्य रूपमा बढेसँगै मनास्लु संरक्षण क्षेत्रको आर्थिक आम्दानी अभूतपूर्व रूपमा वृद्धि भएको हो ।
आगामी प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिमका व्रिmयाशील राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले उम्मेदवार सिफारिस गरेका हुन् ।
तनहुँको भिमादमा जिल्लाकै सबैभन्दा धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भिमाद नगरपालिका–६ को आयोजनामा आगामी माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–२०८२’ सञ्चालन हुन लागेको हो ।
कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने र त्यसको चौतर्फी असर बढ्न थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ३२ पालिकामा बालविवाह अन्त्यको रणनीति तयार भएको हो । तीन वर्षको अवधिमा ती रणनीति बनेका हुन् ।
कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडकखण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा–जाजरकोट जोड्ने सडक अन्तर्गत टोप्ला–इमिल्छा हुँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो ।
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।
संयुक्त राष्ट्रसङ्घ (युएन) मा गैरसरकारी संस्थाका तर्फबाट बुझाउने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छाया प्रतिवेदनमा कर्णालीका समस्या सम्बोधन गर्न सुझाव दिइएको छ । बुधबार सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशमा केही हानिकारक प्रथा रहेकोले महिला हिंसा, जातीय विभेद र छुवाछुत, अशिक्षा जस्ता विषयलाई पनि छाया प्रतिवेदनमा समेट्न सुझाव दिइएको हो ।
महोत्तरीमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा दृष्टिले संवेदनशील तयारी गरिएको छ । जिल्लाका अधिकांश मतदानस्थलहरू संवेदनशील तथा अतिसंवेदनशील वर्गमा परेकाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
जनगणना–२०७८ अनुसार नेपालमा खस भाषा बोल्नेको पहिचान हुनुका साथै भाषा बोल्नेको सङ्ख्या पनि बढेको छ । पछिल्लो जनगणनामा खस भाषीको छुट्टै तथ्याङ्क लिएकोमा सङ्ख्या बढेको पाइएको हो ।