आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
नेपाली कांग्रेसका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । विशेष महाधिवेशनलाई लिएर जिल्लामा ध्रुवीकरण देखिएको छ ।
बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समेत समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।
सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो ।
म्याग्दीमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डको पश्चिमी भाग कुशहा–कमलासम्म चार लेन सडक निर्माणको ७१ प्रतिशत काम सम्पन्न भएको छ ।
लामो समय वैदेशिक रोजगारीमा बिताएर ४० वर्षको उमेरमा देश फर्किनु भएका वाखेतका मोतीलाल रोकाले तरकारी खेती गर्न थालेको पनि २० वर्ष भयो ।
प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको पुल मर्मत सम्भार गर्ने कार्य धमाधम भइरहेको छ ।
सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारको रुपमा खाइने तरुल खन्ने चटारो छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ ।