• २६ पुस २०८२, शनिबार

भारत जाने खेलाडीको बिदाइ

blog

खेलाडीलाई बिदाइ गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, पुस २५ गते ।
भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा हेटौँडा उपमहानगरपालिका–१८ नम्बर वडा कार्यालयले संयुक्त रूपमा खेलाडीलाई बिदाइ गरेको हो । प्रतियोगितामा सहभागी खेलाडीमा रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशिप्रसाद बिक छन् । त्यस्तै, रेफ्रीका रूपमा सीता श्रेष्ठ र अमृत सुनार रहनेछन् ।

गुवाहाटीमा हुने उक्त प्रतियोगिता पुस २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुनेछ । खेलाडीलाई बिदाइ गर्दै वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तान, समितिका पूर्व अध्यक्ष सानू लामा, क्योकुसिन सङ्घ मकवानपुरका अध्यक्ष बुद्धिनाथ न्यौपाने, मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिनुभएको थियो ।