एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।
थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणामाथि खेद जनाउँदै चिन्ता व्यक्त गर्नु भएको छ ।
बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालयले एक करोडभन्दा बढी आम्दानी गरेको छ ।
रुसले युक्रेन विरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातोद्वारा विपन्न, असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ ।
चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
युद्धविरामको बावजुद गाजामा भएको इजरायली आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १३ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
तनहुँको सदरमुकाम दमौलीमा १३ भन्दा बढी जातजातिको साझा सांस्कृतिक उत्सव सुरु भएको छ । ‘छैटौँ तनहुँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ को अवसरमा १५१ भन्दा बढी सांस्कृतिक समूहले आ–आफ्नो मौलिक पहिचान झल्कने झाँकी र नृत्य प्रदर्शन गरेका छन् ।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।
इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्णरूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आठ सय ६१ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन्
म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ ।
आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ ।
सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण भएको छ ।