शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोकिला ढकाल
इलाम, पुस २५ गते । आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ ।
इलामका लागि एक हजार नौसय १३ जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगामी माघ १ गतेसम्म भर्ना गरिने निर्वाचन प्रहरीलाई माघ ५ गतेदेखि ९ गतेसम्म छनाेट गरिने जनाइएको छ ।
माघ १२ गते छनाेटको नतिजा प्रकाशन गरेर माघ १५ देखि माघ २४ गतेसम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी मतदान केन्द्र, मतदान स्थलमा नेपाल प्रहरीसँगै ४० दिन काम गर्नेछन् ।