नेपालको व्यवस्थापिका (संसद्) दुई सदनात्मक छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुन्छन् । प्रतिनिधि सभाका सदस्यको पदावधि पाँच वर्ष रहेको छ । राष्ट्रिय सभा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्ग हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले अन्तर माध्यमिक विद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र पाँचौं अध्यक्ष कप सम्पन्न गरेको छ ।
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देश फेरि एक पटक राजनीतिक वाष्पले तातिएको छ । आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन आउन अब ५५ दिन मात्रै बाँकी छ । यी दिनमा निर्वाचनका लागि गर्नुपर्ने अझ धेरै काम बाँकी छन् । सरकारले निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष मानिने शान्ति–सुरक्षाको ग्यारेन्टी गरिरहेको भए पनि राजनीतिक दलहरू ढुक्क हुन नस
नेपाल विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका दुई विशाल देश भारत र चीनको बिचमा अवस्थित एक भूपरिवेष्टित सार्वभौम राष्ट्र हो । नेपालको पूर्व, दक्षिण र पश्चिम दिशामा भारतसँग करिब एक हजार आठ सय किलोमिटर लामो खुला
पाल्पामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, कालीआँपमा बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिदा रामपुर नगरपालिका–७ मझुवा बस्ने ६४ वर्षीय श्यामबहादुर सेन ठकुरीको मृत्यु भएको हो ।
विश्वव्यापी रूपमा पछिल्लो दशकमा शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ । अब ज्ञानको पहुँच कुनै भौगोलिक सीमामा सीमित छैन । डिजिटल प्रविधि, इन्टरनेट र स्मार्ट उपकरणको तीव्र विकासले शिक्षामा नयाँ युगको सुरुवात गरेको छ । नेपालले पनि आफ्नो शिक्षा प्रणालीलाई डिजिटल युगसँग अनुकूल बनाउने दिशामा प्रयास गरिरहेको छ । डिजिटल शिक्षा भन्नाले कम्प्युटर, इन्ट
गलकोट नगरपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेशको समन्वयमा हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका वडा नम्बर ३ मा एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल गरिएको छ ।
नेपालको भविष्य कृषि पर्यटनमा मात्रै आधारित छ । मात्रै किसानको खेतबारीको परिश्रमले पुग्दैन । किनकि भारतीय तथा चीनका उत्पादनसँग हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्नै सक्दैन । नेपाली उत्पादन लागत, यातायात खर्च, मल, बिउबिजन, औँजार आयात खर्च तथा महँगो ज्याला दरले गर्दा नेपाली उत्पादन भारतीय वा चिनियाँभन्दा निकै महँगो हुन्छ । उनीहरूको उत्पादन बृहत् हुन्छ ।
स्याङ्जाको चापाकोटमा ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ शुक्रबारबाट सुरु हुने भएको छ । कालीगण्डकी बेसीको समथर भूगोल भएको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित खेलमैदानमा आयोजना गर्न लागिएको महोत्सवको तयारी पूरा भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
कुनै समय तराई मधेशका गाउँबस्तीमा गुञ्जने ‘डफला’ बाजा केवल सङ्गीतको साधन मात्र थिएन, यो समाजको सुखदुःख, संस्कार र परम्पराको अभिन्न हिस्सा थियो । शुभकार्यमा मङ्गल धुन र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक ताल बाजा अहिले आधुनिकतासँगै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ ।
रङ्गकर्मी वीरेन्द्र मुखियाको निधन भएको छ । ४४ वर्षीय मुखियाको बुधबार साँझ निधन भएको हो । काम सकेर साँझ घर फर्किंदै गर्दा अचानक बाटोमा उहाँलाई बान्ता भएको र चाबहिलस्थित ओम अस्पताल पु¥याउँदा डाक्टरले हृदयाघातबाट उहाँको निधन भएको जनाएको रङ्गकर्मी राज पङ्गेनीले बताउनुभयो ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समिति कास्कीले बिहीबार यससम्बन्धी सूचना प्रकाशन गरेको हो ।
पद्याप्रेम थिएटरको प्रस्तुतिमा बिहीबारबाट ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन सुरु भएको छ । पोखरा थिएटर गैह्रपाटनमा नाटक चार दिनमा पाँच सो मञ्चन हुने छ । नाटकका लेखक तथा पद्याप्रेम थिएटरका अध्यक्ष सावित्री पाठक सबुका अनुसार मध्यम वर्गीय परिवारमा एकल महिलाले आफ्ना छोराछोरीलाई सही बाटोमा डो¥याउन खोज्दाखोज्दै पनि कसरी गलत बाटोमा फस्छन् भन्ने नाटकले उजागर गर्छ । नबुझी वैदेशिक रोजगारीमा जाँदा कसरी ठगिन्छ भन्ने विषयवस्तुलाई पनि नाटकमा उठान गर्न खोजिएको उहाँले बताउनुभयो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा चार किलोमिटरभन्दा बढी सडक पक्की भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म यस नगरपालिकामा चार दशमलव ७१ किलोमिटर सडक कलोपत्रे र ढलान गर्ने कार्य सम्पन्न गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।