भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ।
रुकुमपश्चिममा करिब तीन करोडको लगानीमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका दलका नेताले ताप्लेजुङमा निर्वाचन लक्षित परामर्श सुरु गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिलकुमार सिन्हालाई तोक्नुभएको छ ।
नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध र शान्ति सुरक्षाको सवालमा छलफल भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्याल र सदस्य ताराप्रसाद भुसालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सामाजिक कार्यमा सक्रिय सहयोगी मन नेपालले हेटौँडा –६ स्थित रक्षादेवी टोल विकास संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो ।
कैलालीको चुरे गाउँपालिका वडा नं ६ बस्ने प्रेम सिंह ठगुन्ना र कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट गर्नु भएको छ ।
दुई प्रदेशका स्थानीय सरकारले मिलेर कर्णाली नदीमा मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका छन् । कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाले मिलेर कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा मत्स्य अभयारण्य क्षेत्र बनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनु भएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ ।