अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
हेटौँडामा बहुउद्देश्यीय खेल मैदान निर्माणको तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यलयको पूर्वी क्षेत्र रहेको उपयोगविहीन अवस्थामा रहेको जग्गालाई बहुउद्देश्यीय खेल मैदानको रुपमा विकास गर्न लागिएको हो ।
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा–नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ (१) बमोजिम विहीबारदेखि गाउँपालिका अधिवेशन सुरु भएको हो ।
जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी सुरु गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा नमूना मतपत्र छाप्न थालिएको हो ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छ ।
यस वर्ष पुसको सुरुवातबाटै अत्यधिक बढेको जाडोले गर्दा नेपालगन्जमा हिटर, गिजरसहित कम्बल लगायतका न्यानो कपडाको बिक्री बढेको स्थानीय ब्यवसायीहरुले जनाएका छन् ।
बङ्गलादेश र पाकिस्तानबिच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ ।
उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सुरु भएको छ । सभामा विधायन समिति संयोजक कृष्ण पाण्डेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८२ पेश गर्नुभयो ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–४, चिउरीबोट जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीको टोलीले ५ थान भरुवा बन्दुक फेला पारेको छ ।
भेनेजुएलाका विदेशमन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ ।
भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबिचको सम्बन्धलाई अभूतपूर्व तनावमा पुर्याएको छ ।