जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) तथा टि हाउस (चिया घर) भवनमा आगजनी हुँदा साढे एक करोड बढीको क्षति भएको छ । पाथीभरा धाम प्रवेशद्वार नजिक रहेको रेस्क्यू हाउस र टि हाउसमा आगजनी हुँदा एक करोड ५५ लाख १८ हजार रुपियाँ बराबरको क्षति भएको हो ।
गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन–त्रिवेणी खण्ड सरसफाइमा स्थानीय जुटेका छन् ।
जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ। जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा पहिरो जाँदा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
मध्यनेपाल नगरपालिका–६, काउरेको ज्वाला आधारभूत स्कुल परिसरबाट देखिएको भोर्लेटार फाँटको धानखेती, ईशानेश्वर क्याम्पसको खेलमैदान र आसपासका क्षेत्र।
सो प्रतियोगितामा नेपालको तर्फबाट पुरुषोत्तम सिलवाल र सिन्दिरा जोशीले सहभागिता जनाउनुभएको छ।
नलगाड नगरपालिका–१२ को ओलगुत्ता र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित भेरी नदीको किनारामा रहेको गाउँहरु ।
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ।
सियाको गणराज्य क्याल्मिकिया स्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सिर्जना हुनुमा वैदेशिक हस्तक्षेपको डिजाइन रहेको बताउनुभएको छ ।
देशको पछिल्लो परिस्थिीत तथा चाडपर्वको समयमा सुरक्षा खतरा बढ्न सक्ने भन्दै पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रि खर्वाङ बजारबासीले बजार सुरक्षा समन्वय समिति गठन गरेका छन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गर्नु भएको छ ।
बोलेरोको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।
यसअघि नै समूह ‘बी’बाट सुपर चारमा पुगेको भारतले समूहको तेस्रो तथा अन्तिम खेलमा शुक्रबार राति ओमानलाई २१ रनले हरायो ।