आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९ जनाभन्दा बढीमा उक्त रोग देखिएको र केरलामा १९ जनाको मृत्यु भइसकेको भन्दै नेपालमा पनि त्यसको जोखिम कायम रहेको बताउनुभयो ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नुभएका सतीशकुमार सिंहले शनिबारसम्म राजीनामा दिनुभएको छैन ।
सरकारले दसैँ र तिहारलगायतका चाडपर्वलक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउनुका साथै सडक तथा राजमार्गमा निर्वाध सवारीसाधन चलाउने वातावरण बनाउन विभिन्न निर्णय गरेको छ ।
घरबारविहीन विपन्न र दलित परिवारका लागि जुम्लामा हालसम्म २०८ वटा आवास निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको पहलमा पूर्वाधार विकास कार्यालय जुम्लामार्फत जिल्लाका विभिन्न स्थानीय तहमा आवास निर्माण गरिएको हो ।
आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त बाटो पुनर्निर्माणको काम ८० प्रतिशत पूरा भएसँगै वसन्तकालीन आरोहणमा उक्त मार्ग प्रयोगमा ल्याउने गरी तयारी अघि बढेको हो ।
गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले अपनाएको संयमताका कारण थप क्षति हुन नपाएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणपश्चात् मन्त्री अर्यालले तत्कालीन सरकारविरुद्धको आन्दोलनमा प्रहरीको संयमताले राज्य, नागरिक र निकायमा हुन सक्ने थप ठुलो क्षतिलाई न्यूनीकरण गरेको बताउनुभयो ।
रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्म्पुरीस्थित श्री माध्यमिक विद्यालयमा सञ्चालित निःशुल्क आ“खा शिविरमा दुईसय ५३ जना बिरामीको आ“खाको उपचार गरिएको छ ।
नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ। आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो।
सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ।
जेनजी समूहमा बालबालिकादेखि युवा उमेर समूहका बालबालिका पर्ने भएकाले आन्दोलनमा बालबालिका सहभागिता हुँदा त्यसले ठुलो क्षति बेहोर्नुपरेको छ ।
गोरखापत्रका फोटो पत्रकार कविता थापालाई “कमलबहादुर विष्ट स्मृति पुरस्कार”प्रदान गरिएको छ ।