हरिप्रसाद कोइराला
उर्लाबारी, पुस २४ गते । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गत शनिबार साँझ मोरङको मोरङ्गी खोलाको पश्चिम–दक्षिणको माटो बगेर पुल भासिएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग आज बेलुकाबाट सुचारू हुने भएको छ।
काकरभिट्टा–लौकही सडक विस्तार आयोजना पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले आज साँझसम्म दुईतर्फी सडक सञ्चालन गर्नेगरी डाइभर्सन तयार हुने बताउनुभयो । जमिन सतहबाट अग्लो स्थानमा पुल भएकाले डाइभर्सन तीनसय मिटर लामो बनाएर चौबिसै घण्टा काम गर्दा चार दिन लागेको उहाँले बताउनुभयो ।
पुल भासिँदा पूर्वपश्चिम राजमार्गमा गुड्ने ठुला सवारी साधनले १६ किलोमिटर घुमेर यात्रा तय गरिरहेका छन् । प्रदेश १–०१–००१–४०५३ का चालक सुदीप भुजेलले भन्नुभयो, “लेटाङ नगरपालिकाले ढाटमा ठुला सवारी साधनलाई आउँदा–जाँदा पचास–पचास रुपियाँ पटके कर लिएकाले भाडासमेत ५० रुपियाँ बढाएर लिएको बताउनुभयो । भुजेलले पटके कर नलिएको भए भाडा बढाउनु नपर्ने बताउनुभयो ।