यहाँको लेकबेँसी नगरपालिकाले आफ्नो आन्तरिक आम्दानी घट्दै गएकाले अबदेखि आफ्ना सम्पूर्ण सरकारी सवारीसाधन कार्यालयमै राख्ने र ती गाडीलाई कार्यालयको कामकाज प्रयोजनका लागि मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।
जेनजीको आन्दोलनमा जिल्लाको विभिन्न कार्यालयमा लुटिएको सामान फिर्ता हुने क्रम जारी छ । राजविराज नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा, खड्क नगरपालिका, सप्तरी जिल्ला अदालत, डिभिजन वन कार्यालय लगायतले सूचना जारी गर्दै लुटिएको सामान फिर्ता दिन आग्रह गरेपछि केही सामान फिर्ता हुन लागेको हो ।
पर्यटकको मुख्य गन्तव्य रहेको नेपाली भाषाको उद्गमस्थल सिँजा र रारा जाने बाटोमा बजेट अभावले स्तरवृद्धि हुन सकेको छैन । यस सडकमा आउने बजेट योजना अनुसारको पर्याप्त विनियोजन नहुँदा स्तरवृद्धि हुन नसकेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ ।
जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित घरमा आन्दोलनकारीले आगजनी गरेपछि उहाँकी श्रीमती दीपा आचार्य दाङस्थित मुख्यमन्त्री निवासमा बस्न बाध्य हुनुभएको छ ।
केही दिनअघि भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा परेको छ । आन्दोलनपछि विदेशी तथा स्वदेशी पर्यटक आउन छाडेकाले असर परेको हो । ‘पहाडकी रानी’ भनेर चिनिने बन्दीपुर अहिले सुनसान बनेको छ ।
गुल्मीमा दशैँ तिहार तथा चाडपर्व लक्षित सडक मर्मत गर्ने कार्य धमाधम थालिएको छ । जिल्लामा दुई नगर र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा नेपालीहरुको महान पर्व दशैँ तिहारलाई लक्षित गर्दै सडक मर्मत गर्न थालिएको स्थानीय तहहरुले जनाएका छन् ।
भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो ।
जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा नेपाली कांग्रेस बागलुङले दीप प्रज्वलन गरेको छ ।
दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उहाँले अहिले उक्त पेसाको विकल्प खोज्न थाल्नुभएको छ ।
काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो ।
। सोह्रश्राद्धको अन्तिम दिन औँशी तिथिमा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहानैदेखि भिड लागेको छ ।
युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ ।
सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।
दाङको घोराहीमा पाँच सय शय्याको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । दाङलगायतका पश्चिम राप्ती क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा प्रदानसँगै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी अस्पताल निर्माण हुन थालेको हो ।