शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भेटवार्ता गर्नुभएको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्षसहितको टोली प्रधानमन्त्रीलाई पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ, गर्नुपर्छ। तपाईंहरुले प्रधानमन्त्रीको रुपमा मलाई निम्ता गर्नुभयो, म आउँछु।’