• २५ पुस २०८२, शुक्रबार

“साल्ट लेक सिटी”मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते

blog

वासिङ्टन, पुस २४ गते । उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउँदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारलाई बताउनुभएको छ । 

प्रहरीले आठ जना पीडितमध्ये कम्तीमा दुई जनाको चोट पटकबाट मृत्यु भएको उल्लेख गर्दै घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था अज्ञात रहेको बताएको छ । प्रहरीले संदिग्धको खोजीको लागि अनुसन्धान सुरु गरेको बताएको छ ।

पछिल्लो समयमा गोली हानाहानको हिंसा अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कट बनेको जनाइएको छ भने बारम्बार सामूहिक गोलीबारीका कारण उल्लेख्य मानवीय, आर्थिक तथा मनोवैज्ञानिक सङ्कट निम्त्याएको जनाइएको छ । रासस/क्यूएनए