युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक “जिवन प्रवाह” को विमोचन गरिएको छ ।
नेपाल सरकारले अनुमोदन गरेको १८ वर्षसम्म पनि आइएलओ १६९ अभिसन्धी, संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७, सिड कार्यान्वयन नगरेपछि आदिवासी संघ संस्थाले सरकारलाई दवाव दिनेगरी फ्रेमवर्क बनाउने गरी छलफल सुरु गरेका छन् ।
सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
वीरगन्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो ।
सन्तोष श्रेष्ठ अध्यक्ष रहेको कार्यसमति चयन गर्दै नेपाल तेक्वान्दो सङ्घ जिल्ला समिति पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा पाँच देशका पाँच क्लबको सहभागिता रहने छ ।
पहिरो झर्ने क्रम नरोकिएकाले आज मुग्लिन-नारायणगढ सडकखण्ड नखुल्ने भएको छ । शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि १९ घण्टादेखि राजमार्ग अवरुद्ध भएको हो ।
मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।
लमजुङमा अलैंची टिप्न सुरु भएको छ । एक हजार दुई सय मिटर उचाइसम्म लगाइएका अलैंची टिप्न सुरु गरिएको हो ।
कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीहरुमध्ये अहिलेसम्म ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु भएको छ।
गोरखामा एक गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । भिमसेन थापा गाउँपालिका–४ का ३० बर्षीय रञ्जिता कट्टेललाई शनिबार बिहान ९ बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।
नेपालगन्जमा खसी खरिद गर्ने विषयमा नजिकको नाता पर्ने दुई जनाबिच भएको सामान्य विवाद चर्किंदा दुबै पक्षबिच कुटपिट भएपछि नेपालगन्ज ५ का जाबिर अहिल बेहनाको मृत्यु भएको हो ।