• २५ पुस २०८२, शुक्रबार

चिसोले परीक्षा प्रभावित

blog

बाजुरा समाचारदाता

बाजुरा, पुस २४ गते ।  पुस महिना सुरु भएसँगै बाजुरामा चिसो निकै बढेको छ । अहिले यहाँका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भएको छ । चिसोले गर्दा भने परीक्षा प्रभावित भएको छ । कक्षा कोठामा परीक्षा दिन गाह्रो भएपछि यहाँका बालबालिका बाहिर घाममा बसेर परीक्षा दिने गरेका छन् । कक्षाकोठामा परीक्षा दिन समस्या भएपछि दोस्रो त्रैमासिक परीक्षा बाहिर घाममा बसेर दिने गरेको तोली देवलडाँडा माविका छात्र सङ्गीता साउदले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वार्षिक परीक्षा अली गर्मी समयमा हुने भएकाले त्यतिबेला हामी कक्षाभित्र बसेर परीक्षा दिने गर्छौं ।” अहिले चिसोको समय छ । त्यसै बेलामा दोस्रो त्रैमासिक परीक्षा पनि सञ्चालन भएकाले भित्र बस्न नसकेर बाहिर घाममा बसेर परीक्षा गराइएको प्रधानाध्यापक विष्णुप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कक्षा १ देखि १२ सम्म ४५३ छात्रा र चार सय छात्र गरेरर ८५३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।” हामीले यहाँका बालबालिकाको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने गरेर फेरि पनि लागि परेका छौँ । यो वर्ष हामीले यहाँका गरिब, अपाङ्ग, असहाय, टुहुरा बालबालिकालाई विद्यालयमै बसालेर शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरेर छात्रावास निर्माणको तयारीमा रहेको ओझाले बताउनुभयो ।