सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
वीरगन्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो ।
सन्तोष श्रेष्ठ अध्यक्ष रहेको कार्यसमति चयन गर्दै नेपाल तेक्वान्दो सङ्घ जिल्ला समिति पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा पाँच देशका पाँच क्लबको सहभागिता रहने छ ।
पहिरो झर्ने क्रम नरोकिएकाले आज मुग्लिन-नारायणगढ सडकखण्ड नखुल्ने भएको छ । शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि १९ घण्टादेखि राजमार्ग अवरुद्ध भएको हो ।
मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।
लमजुङमा अलैंची टिप्न सुरु भएको छ । एक हजार दुई सय मिटर उचाइसम्म लगाइएका अलैंची टिप्न सुरु गरिएको हो ।
कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीहरुमध्ये अहिलेसम्म ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु भएको छ।
गोरखामा एक गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । भिमसेन थापा गाउँपालिका–४ का ३० बर्षीय रञ्जिता कट्टेललाई शनिबार बिहान ९ बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।
नेपालगन्जमा खसी खरिद गर्ने विषयमा नजिकको नाता पर्ने दुई जनाबिच भएको सामान्य विवाद चर्किंदा दुबै पक्षबिच कुटपिट भएपछि नेपालगन्ज ५ का जाबिर अहिल बेहनाको मृत्यु भएको हो ।
एक समय भरतकुमार यादव इँटाभट्टा सञ्चालन गर्नुहुन्थ्यो । त्यसमा घाटा भएपछि उहाँ निराश बन्नुभयो । तर जीवनको बाटो यहीँ सकिएन । सप्तरीको डाक्नेश्वरी नगरपालिका –९ लक्षणपट्टिका यादवले इँटाभट्टाको विकल्प खोज्दै व्यावसायिक माछापालनमा पाइला चाल्नुभयो ।
गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसर पारेर उत्कृष्ट कृषक, शिक्षक विद्यालय, राजनीतिक समाजसेवीदेखि पत्रकारसम्मलाई सम्मान गरेको छ ।
गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।